• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

इतिहास रच्दै थाई सुन्दरी ओपल बनिन् यसवर्षको मिस वर्ल्ड

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १९, आईतवार १३:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । थाइल्याण्डकी ओपल सुचाता चुआङ्स्रीले हैदराबादमा आयोजित भव्य समारोहमा मिस वर्ल्ड २०२५ को ताज जितेकी छन् । २१ वर्षीया ओपल थाइल्यान्डबाट मिस वर्ल्ड उपाधी जित्ने पहिलो सुन्दरीसमेत बनेकी छन् । उनलाई अघिल्लो वर्षकी मिस वर्ल्ड क्रिस्टिना पिस्जकोभाले ताज पहिराइन् ।

    हैदराबादमा आयोजित ७२ औँ मिस वर्ल्ड प्रतियोगितामा विश्वभरका १०८ प्रतियोगीले भाग लिएका थिए । मिस वर्ल्ड २०२५ मा इथियोपियाकी हस्सेट डेरेजे एडमास्सु प्रथम उपविजेता बनिन् । पोल्याण्डकी माजा क्लाज्डा दोस्रो उपविजेता र मार्टिनिककी औरेली जोआकिम तेस्रो उपविजेता बनिन् । भारतकी मिस वर्ल्ड प्रतियोगी नन्दिनी गुप्ता शीर्ष ८ मा पुग्नुअघि नै बाहिरिएकी थिइन् ।

    ओपलको विजयी जवाफ
    “तपाईं को हुनुहुन्छ, तपाईंको उमेर कति छ, वा तपाईंले जीवनमा कुन उपाधि प्राप्त गर्नुभएको छ, त्यसले फरक पार्दैन । तपाईंको छेउमा सधैं कोही न कोही हुन्छ – चाहे त्यो बच्चा होस्, वयस्क होस्, वा तपाईंका आफ्नै अभिभावकहरू – जसले तपाईंलाई कुनै न कुनै रूपमा हेरिरहेका हुन्छन् । र, मानिसहरूलाई नेतृत्व गर्ने सबैभन्दा उत्तम तरिका भनेको आफ्ना कार्यहरूमा शालीनता र कृपाले हो । यो हामीले हाम्रो वरपरका मानिसहरू र हाम्रो विश्वका लागि गर्न सक्ने सबैभन्दा राम्रो कुरा हो,” मिस वर्ल्ड २०२५ को रूपमा ओपलले न्यूज एजेन्सी पीटीआईलाई बताएकी थिइन् ।

    उनले यो जवाफ निर्णायक मण्डलका एक सदस्य, अभिनेता सोनु सुदको प्रश्नको जवाफमा दिएकी थिइन् । सोनुले उनको मिस वर्ल्ड यात्राले सत्य र व्यक्तिगत जिम्मेवारीले कथाहरूलाई कसरी आकार दिन्छ भन्ने बारेमा के सिकाएको छ भनेर सोधेका थिए ।

    मिस वर्ल्ड ओपलका बारेमा केही जानकारी : 
    ऐतिहासिक जीतः ओपल सुचाता चुआङ्स्रीले थाइल्याण्डबाट मिस वर्ल्डको ताज जित्ने पहिलो बनेर इतिहास रचिन् ।
    शैक्षिक पृष्ठभूमिः मिस युनिभर्स थाइल्याण्ड बन्नुअघि, फुकेटकी ओपलले थम्मासाट विश्वविद्यालयको राजनीति शास्त्र संकायमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक अध्ययन गरिरहेकी थिइन् ।
    चिनियाँ भाषामा दक्षताः उनले बैंककको त्रियाम उदम सुक्सा स्कूलबाट चिनियाँ भाषामा विशेषज्ञता हासिल गर्दै स्नातक गरेकी छन् ।
    रुचिहरूः ओपललाई मनोविज्ञान र मानवशास्त्रमा रुचि छ । उनले भविष्यमा आफ्नो देशको राजदूत बन्ने इच्छा व्यक्त गरेकी छन् ।
    स्वयंसेवी कार्यः उनले स्तन क्यान्सरलाई समर्थन गर्ने संस्थाहरूमा स्वयंसेवकको रूपमा काम गरेकी छन् र १६ वर्षको उमेरमा उनी स्वयंले शल्यक्रिया गराएकी थिइन् ।
    विशेष प्रतिभाः ओपलले उल्टो तरिकाले युकेलल (सानो आकारको गीतार) बजाउँछिन् ।
    पशुप्रेमीः उनले १६ वटा बिराला र पाँच वटा कुकुर पालेकी छन् ।
    मल्टिमिडिया र क्षेत्रीय विजेताः ओपलले प्रतियोगिताको मल्टिमिडिया खण्ड जितिन् र कन्टेस्टेन्ट एप लिडरबोर्डमा २३ लाखभन्दा बढी भ्यूजका साथ शीर्ष स्थान हासिल गरिन् । साथै, उनी चार महादेशीय विजेतामध्ये एक, एसिया र ओसियाना क्षेत्रको विजेता पनि बनिन् ।

    Post Views: 331
    • Miss World 2025
    प्रकाशित मिति: २०८२ जेष्ठ १९, आईतवार १३:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.