• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रिलिजको पूर्वसन्ध्यामा किन रोकियो ‘महाभोज’?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १५, बुधबार १६:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बिहिबारदेखि लाग्ने भनिएको फिल्म ‘महाभोज’ को रिलिज एकदिन अघि स्थगित गरिएको हठात् सूचना जारी गरिएको छ ।

    फिल्म ‘महाभोज’ को निर्माण कम्पनी क्लक वर्क क्रियसन्स प्रालिले बुधबार मध्यान्ह जारी गरेको विज्ञप्ती अनुसार, पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितीका कारण नेपाल र नेपाल बाहिरका सबै देशमा हाललाई ‘महाभोज’ को प्रदर्शन स्थगीत गरिएको हो । निर्माता हिमाल कडरियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘मुलुकको संवेदनशील परिस्थितीमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकता दिंदै चलचित्र प्रदर्शनलाई तत्कालका लागि स्थगित गर्नु परेको हो । परिस्थितीहरु सामान्य भएसँगै नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिनेछ ।’

    बिहिबार जेठ १५ गते नै सत्तारुढ दल एमाले र राजाबादीहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । यसअघि नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ मा राजधानी एमालेको कब्जामा हुनुपर्ने भन्दै आफ्ना कार्यकर्ता तथा भातृ संस्थाहरुलाई निर्देशन दिईसकेका छन् । प्रम ओलीको उक्त निर्देशनका कारण पनि बिहिबार गणतन्त्रवादी र राजावादीबीच भिडन्त हुनसक्ने अनुमान गरिएको छ । यसअघि गत चैत १५ मा राजावादीले नै गरेको प्रदर्शनका कारण दुई जनाको निधन भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

    फिल्म प्रदर्शनकै दिन संभावित भिडन्तलाई लिएर ‘महाभोज’ निर्माण पक्षले दर्शकको सुरक्षार्थ भन्दै राजधानी मात्रै नभई देश र विदेशसम्मको प्रदर्शन मिति स्थगित गरेको हो । जबकी मंगलबार मात्रै पीडित सहकारी बचतकर्ता र संचारकर्मीमाझ फिल्मको स्पेशल प्रिभ्यू गरिएको थियो भने देशभरका हलले ‘महाभोज’ को प्री बुकिंगका लागि शोज पनि निकालिसकेका थिए ।

    जबकी विज्ञप्तीमा भनिएको जस्तो पछिल्लो समय देशभर आन्दोलन फैलिएको अवस्था नभएपनि र जेठ १५ मा हुने भनिएको राजावादीको आन्दोलनलाई पनि सरकारले चक्रपथ बाहिर नै सीमित गर्ने बताईरहँदा परिस्थिती फिल्म स्थगीत नै गर्नुपर्ने गरी प्रतिकुल भएको भने थिएन । राजधानीमा एक दिनको प्रदर्शनलाई लिएर विश्वभरको प्रदर्शनलाई अनिश्चितकालका लागि स्थगित गर्नुको खास कारण अरु पनि हुनसक्ने निकट स्रोतले बताएको छ ।

    दिनेश राउतको निर्देशन रहेको यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, मलिका महत, गौमाया गुरुङ, अन्जना बराइलीलगायत कलाकारको अभिनय रहेको छ ।

    Post Views: 287
    • Dinesh Raut
    • Mahabhoj
    • Release postponed
    प्रकाशित मिति: २०८२ जेष्ठ १५, बुधबार १६:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.