• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बक्सअफिसमा टम क्रूजको ‘मिशनः इम्पोसिबल’ भन्दा ‘लिलो एन्ड स्टिच’ अगाडि

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १३, सोमबार १४:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । डिज्नीको लाइभ–एक्सन रिमेक ‘लिलो एन्ड स्टिच’ र टम क्रूजको सम्भवतः फाइनल मिशनः इम्पोसिबल फिल्म ‘मिशनः इम्पोसिबल – द फाइनल रेकनिङ’ ले विश्वव्यापी बक्स अफिसमा रेकर्ड तोड्दै वर्षकै ठूला फिल्महरूको रूपमा उद्घाटन गरेका छन् ।

    सन् २००२ मा निकै रुचाइएको एनिमेटेड फ्यामिली फिल्म ‘लिलो एन्ड स्टिच’ को रिमेकले विश्वभर ४३४१ मिलियन (लगभग ४५ अर्ब नेपाली रूपैयाँ) को कमाई गर्दै अपेक्षा भन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । यो कमाईले यसलाई सन् २०२५ को दोस्रो ठूलो ओपनिङ गर्ने फिल्म बनाएको छ, जुन ‘ए माइनक्राफ्ट मुभी’ पछि हो । साथै, यो फिल्मले अमेरिकामा मेमोरियल डे सप्ताहन्तको बक्स अफिस रेकर्ड पनि तोडेको जनाइएको छ ।

    यसैगरी, टम क्रूजको मिशनः इम्पोसिबल सिरिजको आठौँ फिल्म ‘मिशनः इम्पोसिबल – द फाइनल रेकनिङ’ ले पनि ४१९० मिलियन (लगभग २५ अर्ब नेपाली रूपैयाँ) को टिकट बिक्रीसहित उत्कृष्ट प्रदर्शन गरेको छ । सन् १९९६ देखि एजेन्ट इथान हन्टको भूमिका निर्वाह गर्दै आएका क्रूजले यो फिल्म सिरिजको अन्तिम भएको पुष्टि गरेका छन्, ‘यो अन्तिम हो ! यसलाई ‘फाइनल’ भनिएको बेकार होइन ।’ तर, केहीले भने यो साँच्चै अन्तिम हुनेमा शंका व्यक्त गरेका छन् ।

    यो ब्लकबस्टर फिल्मले मिश्रित समीक्षा प्राप्त गरेको छ । द गार्जियनले यसलाई ‘रोमाञ्चक र मनोरञ्जनात्मक साहसिक’ भन्दै पूर्णांक (पाँच तारा) दिएको छ, भने भ्यानिटी फेयरले यसलाई ‘विदाईका लागि योग्य’ भन्दै टिप्पणी गरेको छ । हलिउड रिपोर्टरले त अझ ‘निराशाजनक बिदाइ’ भनेको छ, र म्याशेबलले सिरिज ‘टेप डेकमा आत्म–विनाश हुने सन्देशको फुस्स फुस्किएको अन्त्य’ भनी तीखो टिप्पणी गरेको छ ।

    यता, ‘लिलो एन्ड स्टिच’ डिज्नीको प्रिय एनिमेटेड फिल्महरूको लाइभ–एक्सन रिमेकको लामो शृंखलाको पछिल्लो इन्स्टलमेन्ट हो । यो फिल्मले सन् २०१९ को ‘द लायन किंग’ र सन् २०१७ को ‘ब्यूटी एन्ड द बिस्ट’ पछिको तेस्रो उत्कृष्ट बक्स अफिस ओपनिङ हासिल गरेको जनाइएको छ । यो नयाँ संस्करणमा कर्टनी बी. भान्स, ज्याक ग्यालिफियानाकिस र आठ वर्षीया माइया केआलोहा मुख्य भूमिकामा छन्, साथै कम्प्युटर–जनरेटेड प्यारा एलियन पनि समावेश छ ।

    यो फिल्मले पनि मिश्रित समीक्षा प्राप्त गरेको छ । डेली बिस्टले यसलाई ‘हँसिलो, रमाइलो र मिठासपूर्ण’ भनेको छ, तर द टाइम्सले यसलाई ‘दिमाग सनन्न पार्ने घृणित’ को रूपमा व्याख्या गरेको छ ।

    Post Views: 327
    • Lilo and stitch
    • Mission: Impossible – The Final Reckoning
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, सोमबार १४:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.