• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

२७ महिनापछि फिल्ममा फर्किए पुष्प, जोडिए ‘महाराजधिराज’मा

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १०, शुक्रबार ००:३७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म ‘अझै पनि’ बाट अभिनेताका रुपमा डेब्यू गरेका पुष्प खड्काको नेपाली फिल्ममा १० वर्ष बितिसक्यो । त्यसो त यसअवधिमा उनले आठ फिल्म मात्रै खेलेका छन्, तर तेस्रो फिल्म ‘मंगलम्’ बाटै उनले राज्यले दिने प्रतिष्ठित अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए ।

    अभिनयका कारण निकै प्रशंसा बटुल्न सफल भएपनि पुष्प फिल्म पाउने सवालमा भने अभागी जस्तै छन् । पछिल्लो ‘मनसँग मन’ २०७९ माघ २७ मा रिलिज भएपछि पुष्पले दर्शकसँग हल साक्षात्कार गर्न पाएका छैनन् । झन्डै २७ महिनादेखि हात खाली बनिरहेका पुष्प यतिबेला भने फिल्म ‘महाराजधिराज’मा जोडिएका छन् ।

    परिच्छेद सेनको लेखन तथा निर्देशन रहने ‘महाराजधिराज’ मा यसअघि नै पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती अनुबन्ध भईसकेका छन् भने नायिकाद्वय वर्षा शिवाकोटी र बर्षा राउत पनि खेल्ने पक्कापक्की भईसकेको छ । कलाकारको हुलमुलमा नै भएपनि ‘महाराजधिराज’ मा जोडिन पाएका पुष्पले आफ्नो भुमिकालाई कत्तिको खरो उतार्ने हुन्, त्यो भने संभवत आगामी दशैंको फुलपातीमा हेर्न पाइनेछ । फिल्मको प्रस्तुतकर्ता विराज विष्टले ‘महाराजधिराज’ लाई दशैंकै हुलमुलमा रिलिज गर्ने ताकेता गरिरहेका छन् ।

    पुष्पले ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेकोले निकै उत्साहित रहेको बताएका छन् । पछिल्लो समय म्युजिक भिडियो खेल्नमा नै सीमित भईरहेका उनी यस फिल्मले आफ्नो करिअरलाई नयाँ उचाइ दिने विश्वासमा छन् ।

    ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

    Post Views: 518
    • Maharajdhiraj
    • Pushpa Khadka
    प्रकाशित मिति: २०८२ जेष्ठ १०, शुक्रबार ००:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.