• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फ्राइडे फिल्म : राजेशको ‘नरसिंहा अवतार’ भर्सेस टमको ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १०, शुक्रबार ००:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । शुक्रबारदेखि नेपालका सिनेमाहलमा चार नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । राजेश हमालको आठ वर्षपछिको पुनरागमन फिल्म ‘नरसिंहा अवतार’, हलिउडको ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’, डिज्नीको ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’ ले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ । योसँगै तेस्रो हप्तामा प्रवेश गरेको ‘ऊनको स्वीटर’ को दबदबा कायमै छ ।

    दिवाकर भट्टराई निर्देशित ‘नरसिंहा अवतार’ ले देशभर १ सय ३३ शो पाएको छ। राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाहलगायतका कलाकारको अभिनय रहेको यो फिल्मको अग्रिम बुकिङ मंगलबारदेखि खुला भएको थियो । चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र समीर मियाको भिएफएक्सले यो फिल्म भव्य बनेको छ ।

    टम क्रुजको ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ ले १ सय २५ शो पाएको छ। यो सिरिजको अन्तिम कडीले विश्वभर चर्चा कमाएको छ। यस्तै, राजकुमार रावको ‘भूलचुक माफ’ ले ८६ र ‘लिलो एन्ड स्टिच’ ले २६ शो पाएका छन्। गत हप्ता रिलिज भएको ‘के घर के डेरा’ ले १९ शो पाएको छ भने ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’, ‘रेड २’, ‘थन्डरबोल्ट्स’, ‘पिताम्बर’, ‘अञ्जिला’ र ‘लाज शरणम्’ पनि प्रदर्शनरत छन् ।

    नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले तेस्रो हप्तामा १ सय १२ शो पाएर बलियो व्यापार गरिरहेको छ । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बुलगायतको अभिनय रहेको फिल्मलाई दर्शकले रुचाएका छन् । नेपाली, हलिउड र बलिउडको यो विविधताले दर्शकलाई फरक स्वाद प्रदान गर्नेछ ।

    Post Views: 434
    • ANJILA
    • Friday Film
    • Mission: Impossible – The Final Reckoning
    • Narsimha Avtaar
    • Raid 2
    • Rajesh Hamal
    • The Woolen Sweater
    • Tom Cruise
    प्रकाशित मिति: २०८२ जेष्ठ १०, शुक्रबार ००:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.