• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘पूर्णबहादुरको सारंगी’ पछिका ६ महिनामा ३६ फिल्म, व्यापार भने सबै चिलिम !

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ९, बिहीबार १३:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बक्सअफिसमा हालसम्मकै सफल फिल्म ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शनमा आएको ६ महिना पूरा भयो । यसअवधिमा हलमा ३६ नेपाली फिल्म आए । तर अधिकांश फिल्मले व्यापार र समीक्षा दुवैमा निराशा खेपे ।

    यस अवधिमा ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै नाफा उन्मुख देखिंदा प्रदर्शनरत ‘ऊनको स्वीटर’ ले पनि सन्तोषजनक व्यापार गरिरहेको छ । ‘होस्टेल ३’ र ‘तेलभीसा’ ले लगानी उठाउनु नै ठूलो उपलब्धी बन्यो भने निकै अपेक्षा गरिएका फिल्महरु ‘लाज शरणम’ र ‘पीताम्बर’ आफ्नै भारी लगानीको भारले थिचिएर उठ्नै सकेनन् । अर्को बीग बजेट फिल्म भनिएको ‘कर्मा’ को हालत त अझै दयनीय रह्यो ।

    पछिल्लो ६ महिनामा प्रदर्शनमा आएका नेपाली फिल्मले दर्शकलाई सन्तुष्टि कम, निराशा ज्यादा दिए । त्यसो त यस अवधिका कुनै पनि फिल्मको इनिसियल ओपनिंग आक्रामक हुन सकेको छैन । यतिबेला व्यापारिक गति लिईरहेको ‘ऊनको स्वीटर’ कै शुक्रबारको व्यापार मध्यम थियो । अडियन्स भर्डिक्टका आधारमा शनिबारदेखि मात्र फिल्मले गति लिएको थियो ।

    ‘पूर्णबहादुरको सारंगी’ को सफलताको बाछिटा यतिबेला स्वदेशी फिल्म उद्योगमा निकै परेको देखिन्छ । फिल्म निर्माण इजाजतका लागि नाम दर्ता गर्नेको धुइरो यतिबेला चलचित्र विकास बोर्डमा देख्न सकिन्छ भने फ्लोरमा गएका वा जान तम्तयार फिल्मको संख्या पनि उल्लेख्य छ । यसले नेपाली फिल्म क्षेत्रलाई जगाएको त छ, तर बक्सअफिस भने पुनः सुस्ताएको छ ।

    कार्तिकमा ‘पूर्णबहादुरको सारंगी’ आएपछि मंसिरमा ४, पुषमा २, माघमा ७, फागुनमा ९, चैतमा ७ वटा हुँदै यसवर्षको बैशाखमा ५ नेपाली फिल्म प्रदर्शनमा आए । जेठको पहिलो साता ‘के घर के डेरा : घर नं. २’ र ‘हेल्लो काशीराम’ सम्म आईपुग्दा आशा गरिएका ‘फेरि रेशम फिलिली’, ‘राजागंज’, ‘वसन्त’, ‘कर्मा’, ‘भूठान’, ‘जार’ फ्लप भए ।

    ६ महिनाको व्यापारिक समीक्षा गर्दा न स्टारका फिल्मले दर्शक तान्न सके, न त मल्टिस्टारर फिल्मले नै । अझ बिडम्बना त, विदेशी फिल्म महोत्सवमा सहभागी भएर हल्लाखल्लासहित घरेलु बक्सअफिसमा आएका फिल्मका कन्टेन्टले पनि दर्शक रिझाउन सकेनन् । विचारोत्तेजक फिल्मका लागि विश्वास गरिएका दीपक रौनियारको यसपटकको ‘राजागंज’ बक्सअफिसमा फिक्का देखियो । न त ठूलो तामझामसहित प्रदर्शन भएको हरिवंश आचार्य अभिनित विनोद पौडेल निर्देशित फिल्म ‘भूठान’ ले नै मास अडियन्स तान्न सक्यो । जबकी भूटानी शरणार्थीको संवदेनशील कथावस्तुमा तयार पारिएको यस फिल्मको कन्टेन्टले नै दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर त्यस्तो भएन ।

    हास्य टेलिश्रृंखलाका कलाकारलाई जम्मा पारेर फिल्मको सफल यात्रामा निस्किएका थिए, दिपकराज गिरी । ‘छ एकान छ’ देखिको उनको समूहको यात्रा ‘छक्कापन्जा’ सिरिजमा अझ बढि शसक्त र सफल बन्यो । यही सिको गर्दै ‘सक्किगोनी’ टीमले पनि फिल्ममा हात हाल्यो, ‘लाज शरणम’ बाट । कुमार कट्टेलको निर्देशनमा सीताराम कट्टेल, सागर लम्साल, अर्जुन घिमिरे, हरिष निरौलादेखि बिजय बराल, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकारको डफ्फा नै उतारिएको उक्त फिल्म पनि यो टीमको टेलिफिल्मकै नाम जस्तो भयो, सक्किगोनी । त्यसो त यो फिल्मले बिहिबारदेखि प्रदर्शनको १३ औं सातामा प्रवेश गर्दै राजधानीका दुई हलमा अझै पनि आफुलाई टिकाईरहेको छ । तर पनि फिल्मको अनपेक्षित ठूलो लगानी र अपेक्षित ओपनिंग हुन नसकेपछि ‘लाज शरणम’ ले लगानी (६ करोड भनिएको छ) बराबरको ग्रस कलेक्सन नै पनि गर्न नसकेको तथ्यांकले देखाउँछ ।

    वर्ष २०८२ को सुरुवाती महिना पनि नेपाली फिल्मका लागि सुखद रहेन । पहिलो साता रिलिज भएका ‘खेल’ र ‘भूठान’ बक्सअफिसमा नराम्रोसँग पछारिएको आवाज सेलाउन नपाउँदै दोस्रो सातामा आएको ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको ‘झिल्को’ ले हलमा कुनै आगो दन्काउन सकेन । त्यसपछि सञ्चारमाध्यममा उत्कृष्ट समीक्षा निकाल्न सफल ‘जार’ हलमा दर्शक तान्न भने पूर्णतः असफल रह्यो । ‘हेल्लो काशिराम’ ले हाई हेल्लो गर्नै नपाउँदै बाईबाई भयो भने यतिबेला ‘के घर के डेरा : घर नं. २’ को पनि अवस्था सन्तोषजनक छैन ।

    यसअघि सफल फिल्म दिंदै आएका निर्देशक दीपेन्द्रकुमार खनाललाई यसपटक ‘के घर के डेरा : घर नं. २’ मा आएर ठेस लागेको छ । जबकी खनालले आफ्नो तर्फबाट फिल्म निर्माणमा कुनै कसर बाँकी राखेका थिएनन् । साहित्यिक क्षेत्रमा र युवा पाठकमाझ निकै चर्चित लेखक बुद्धिसागरलाई उनले पहिलोपटक फिल्म लेखनमा उतारेका थिए, यही फिल्मबाट । त्यसबाहेक खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे जस्ता हस्ती र चल्तीका कलाकारलाई लिएर फिल्मको बागडोर हाँकेका थिए । तैपनि उनको यसपटकको रथको गति सुरुवातदेखि नै धिमा देखियो ।

    शुक्रबारदेखि राजेश हमालको कमब्याक भनिएको फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शनमा आउँदैछ । गत दशैंमा विराज भट्टको ‘१२ गाउँ’ सुपरहिट भएपछि नेपाली दर्शक पुनः पुरानै स्वादमा पो फर्किएका हुन् की भन्ने अनुमान पनि गरिएको छ । जसको परीक्षा ‘नरसिंहा अवतार’ मा राजेश हमालको पनि हुनेछ । त्यस्तै जेठ १५ मा दिनेश राउत निर्देशित ‘महाभोज’ सँगै जेठमा नैसौगात मल्लका लगातार दुई कमेडी जनराका फिल्म ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ को प्रदर्शनलाई अपेक्षाका साथ हेरिएको छ ।

    ६ महिनादेखि सुस्ताईरहेको घरेलु बक्सअफिसलाई जेठ दोस्रोसातादेखि प्रदर्शनमा आउने फिल्मले तताउँलान् त ? आशा गरौं ।

    Post Views: 370
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, बिहीबार १३:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.