• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ५, आईतवार २१:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी जेठ १५ गते रिलिज हुने फिल्म ‘महाभोज’ को ट्रेलर आइतबार काठमाडौंको क्युएफएक्स सिनेमा राइजिङ मलमा सार्वजनिक गरिएको छ। करिब साढे चार मिनेटको ट्रेलरले सहकारी संस्थाको ठगीमा परेका पीडितहरूको मार्मिक कथालाई उजागर गरेको छ । ट्रेलरमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलालगायतका कलाकारहरूको दमदार अभिनय देखिन्छ।

    सहकारीमा जम्मा गरेको रकम फिर्ता नहुँदा औषधि नपाएर ज्यान गुमाउनेहरूको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिक चलखेलको दम्भ ट्रेलरमा झल्किन्छ। सामाजिक असमानता र सहकारीको रकम दुरुपयोग गरी विलासी जीवन जिउनेहरूको कथानकलाई ट्रेलरले साहसिक रूपमा प्रस्तुत गरेको छ ।

    ट्रेलरको अन्त्यमा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले फिल्मको सत्य खोज्ने प्रतिबद्धतालाई संकेत गर्छ। केही दिनअघि कलाकारहरूले सामाजिक सञ्जालमा यो वाक्यांश पोस्ट गरी दर्शकमा उत्सुकता जगाएका थिए।

    निर्देशक दिनेश राउतले समारोहमा भने,‘यो फिल्म सहकारी ठगीको कथा मात्र होइन, समाजमा माथिल्लो तहका व्यक्तिहरूले तल्लो तहका मानिसलाई प्रयोग गरी विलासी जीवन जिउने प्रवृत्तिको चित्रण हो।’

    निर्माता हिमाल कडरियाले थपे,‘हाम्रो समाजले उत्पादन गरेको कथालाई पर्दामा उतार्नु आवश्यक थियो, त्यसैबाट ‘महाभोज’ जन्मिएको हो।’ विकास सुवेदीको कथा र पटकथामा बनेको यो फिल्म क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् । समसामयिक विषयवस्तु र सशक्त कथानकका कारण ‘महाभोज’ले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

    Post Views: 301
    • Aaryan Sigdel
    • Dayahang Rai
    • Dinesh Raut
    • Khagendra Lamichhane
    • Mahabhoj
    • Nischal Basnet
    प्रकाशित मिति: २०८२ जेष्ठ ५, आईतवार २१:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.