• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २, बिहीबार १०:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नं. २’ ले बुधबार साँझ राजधानीको क्यूएफएक्स सिभिल हलमा प्रीमियर गर्‍यो । प्रीमियरका लागि अभिनेत्री मनिषा कोइराला, अभिनेता हरिवंश आचार्य, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीसहित फिल्मकर्मी, कलाकारको बाक्लो उपस्थिती थियो । तर फिल्म शुरु हुनु ठीक अघि स्टेजबाट निर्देशक दीपेन्द्रकुमार खनालले हाकाहाकी भनिदिए, ‘प्रीमियरमा हुने प्रशंसा झुठा हुन थाले, सर्वसाधारणले पत्याउने अवस्था छैन ।’

    मान सम्मान गरेर बोलाइएका पाहुनाकै अगाडी फिल्मका निर्देशक खनालले यसो भनिरहँदा नेपाली फिल्म, साहित्य, राजनीतिलगायत क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट पाहुनालाई कीन प्रीमियरमा आमन्त्रित गरिएको थियो त भन्ने प्रश्न गाईंगुई सुनिन थालेको थियो । हुन पनि पाहुनाले फिल्मका बारेमा बोलेका कुरा नै झुटा हुन्छन् भनेपछि मिडियाका अघि गएर केही बोल्नु भयो त ? निर्देशककै भाषामा भन्दा स्वतः झुठो साबित हुनका लागि त किन बोल्नु ?

    त्यसैले ‘सत्य समीक्षा’ गर्ने गरी फिल्म युनिटले प्रीमियरमा (निर्देशक खनालकै शब्दमा भन्नुपर्दा) ‘बाटोबाट उठाएर ल्याइएका’ झन्डै १ सय ८० सर्वसाधारणलाई पनि उपस्थित गराएको थियो । त्यसो त ‘चपली हाइट’ फेम्ड निर्देशक खनाल हरेक फिल्ममा केही न केही नयाँ फन्डा गरि नै रहन्छन् । यसपटक उनले प्रीमियरमा सर्वसाधारणलाई बोलाएर ‘साँचो समीक्षा’ को खोजीमा लागे ।

    तीन–तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार पाइसकेका दीपेन्द्रलाई अहिले आएर यस्तो फन्डाको जरुरत किन पर्‍यो ? फिल्मलाई सर्वसाधारणको आँखाले राम्रो र नराम्रो भन्नु र फिल्मकर्मी, समीक्षकको नजरले समालोचना गर्नुमा फरक त पक्कै होला नी दीपेन्द्र जी । र, फिल्म कस्तो बनेको छ ? के कमीकमजोरी छन् भन्ने जाँच गर्ने पोष्ट प्रोडक्सनको क्रममा सम्पादन चरणमा हो । अझ बाहिरी मान्छेबाट प्रतिक्रिया लिनै परे ‘क्लोज्ड स्क्रिनिंग’ पनि गर्न सकिन्छ । तर प्रीमियर शोमा ‘के घर के डेरा : घर नं. २’ ले गरेको जस्तो फन्डा गर्नु आवश्यक हैन ।

    सर्वसाधारणले फिल्म हेर्छन्, फिल्मको प्राविधिक पक्षदेखि अभिनय, कलात्मक पक्षको समालोचना गर्न त्यसै विधाका सम्बन्धित फिल्मकर्मी, चलचित्र पत्रकार वा समीक्षक नै आधिकारीक हुन् । बरु निर्देशक खनालले आमन्त्रित पाहुनालाई नै झुठो प्रशंसा मात्र नगरी कमीकमजोरी पनि औंल्याईदिन आग्रह गरेको भए पाहुनाप्रति सम्मान पनि हुने थियो, उनले नचाहेको झुठो प्रशंसा पनि आउने थिएन की ?

    निर्देशक खनाल जी, अब प्रीमियरमा तपाईले ल्याएका सर्वसाधारण भनिएकाबाट आएको प्रतिक्रियालाई नै कसरी सही मान्ने ? तपाईले थालेको यस्तो प्रक्रियाले पछि अरु फिल्म युनिटले पनि आफ्नै झुन्डलाई ल्याएर सर्वसाधारणको ट्यागमा आफैंले चाहेको जस्तो स्तूती गान मिडियामा बोल्न लगाए भने के गर्ने ? जबकी दुई दिन मात्रै कुरेको भए त तपाईले यसै पनि सर्वसाधारणको सत्य प्रतिक्रिया पाईनै हाल्नुहुन्थ्यो त ? रिलिजको पूर्वसन्ध्यामा खाजा खुवाई खुवाई १८० जनालाई त्यो हुलमुलमा फिल्म देखाएर किन प्रभावित पार्दै हुनुहुन्छ ?

    Post Views: 369
    • Dipendra K Khanal
    • Dipendra Kumar Khanal
    • Ke Ghar ke Dera Ghar No 2
    प्रकाशित मिति: २०८२ जेष्ठ २, बिहीबार १०:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.