कलाशैली संवाददाता । निर्देशक खिल बहादुर गुरुङले निर्देशन गरेको फिल्म ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिएका तीनवटा पोस्टरमार्फत् फिल्म आगामी भदौ २७ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको ‘रिमै’मा दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङको अभिनय रहेको छ । साथै, बाल कलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरले पनि यसमा अभिनय गरेका छन् ।
फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताको रूपमा रहेका छन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन्। फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, विष्णु मैनालीको प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।