• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रिमियरमा ‘जार’ लाई तारिफ नै तारिफ (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २४, बुधबार ००:१९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । साहित्यकार इन्द्रबहादुर राईको कालजयी कथामा आधारित रहेर तयार गरिएको फिल्म ‘जार’ लाई सेलेब्सले रुचाएका छन् । आज ललितपुरस्थित लविम मलमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्ने अधिकाँसले यसको छायांकन, पार्श्वसङ्गीत, कलर, कलाकारको अभिनय उत्कृष्ट रहेको भन्दै प्रसंशा गरे । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको फिल्म ‘जार’ नयाँ पुस्ताले हेर्नैपर्ने बताएका छन् ।

    उनले भने, ‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ भन्ने मलाई लागेको छ ।’

    अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन् । ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई फिल्मको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ’, उनले भनिन् ।

    अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् ।

    प्रिमियरमा उपस्थित दर्शकहरुले पनि निर्देशक लामा र कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही तथा गितान्जली थापाको सशक्त अभिनयको खुलेर प्रशंसा गरे । १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म आउँदो वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

    तस्बिरहरू : कुवेर डंगोल

    Post Views: 382
    • Anoop Bikram Shahi
    • JAAR
    • Manisha Koirala
    • saugat malla
    • जार
    प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार ००:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.