कलाशैली संवाददाता । निर्देशक एसएस राजामौलीको सुपरहिट फिल्म ‘बाहुबलीः द बिगिनिङ’ अक्टोबर २०२५ मा फेरि दर्शकमाझ आउने भएको छ । यो फिल्म भारत र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन गरिने भएको हो । सुपरस्टार प्रभास मुख्य भूमिकामा रहेको यो पिरियड एक्सन ड्रामा फिल्म भारतीय फिल्ममा एक महत्वपूर्ण फिल्म मानिन्छ । ‘बाहुबली’ ले उत्तर र दक्षिण भारतीय फिल्म उद्योगबीचको भाषाको अवरोधलाई तोड्दै दक्षिणमा निर्माण भएको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्मको रूपमा आफूलाई स्थापित गरेको थियो ।
फिल्म निर्माताले यसपटक फिल्ममा केही नयाँ दृश्यहरू पनि समावेश गरिने जानकारी दिएका छन्, जुन यसअघि देखाइएको थिएन । यो फिल्म अक्टोबरमा पुनः प्रदर्शनमा आउनेछ ।
मूल रूपमा सन् २०१५ को जुलाईमा रिलिज भएको ‘बाहुबलीः द बिगिनिङ’ ले विश्वभर ६५० करोडको कमाई गरेको थियो । त्यस समयमा यो सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बनेको थियो । यसको हिन्दी डब संस्करणले १०० करोडको नेट कलेक्सन गर्ने पहिलो दक्षिण भारतीय फिल्मको रेकर्ड पनि बनाएको थियो ।