• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

‘अञ्जिला’ ऐतिहासिक ५१ औँ दिनमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १९, शुक्रबार ११:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    फिल्म । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । खेलाडीको जीवनीमा आधारित फिल्मका लागि यो सफलतालाई ऐतिहासिक उपलब्धि मानिएको छ ।

    फिल्मका निर्देशक मिलन चाम्सले खेलाडीको विषयमा बनेको फिल्मले यस्तो अभूतपूर्व सफलता पाउँदा देशभक्ति र देशको गौरवसँग जोडिएका विषयमा फिल्म बनाउने आँट फिल्मकर्मीहरूमा बढेको बताए । उनले भने, ‘खेलाडीको विषयमा बनाइएको फिल्मले पाएको यो सफलता साँच्चै नै ऐतिहासिक हो । पहिलोपटक खेलाडीको जीवनकथामा आधारित फिल्मले यस्तो किसिमको सफलता हात पारेको छ ।’

    फिल्म सुन्धाराको क्युएफएक्स, लविम मलको क्युएफएक्स, दरबारमार्गको क्युएफएक्स, सामाखुसीको क्युएफएक्स, भक्तपुरको भाटभटेनीस्थित क्युएफएक्स, चाबहिलको एफक्युब, कमलपोखरीको बिग मुभिज, नयाँ बानेश्वरको आईएनआई, गोंगबुको लोत्से मलस्थित आईएनआई, न्यूरोडको रञ्जना सिनेप्लेक्स, सितापाइलाको सिके सिनेमाज, गोंगबुको इन्फीनिटी सिनेमा, नयाँ बानेश्वरको वान सिनेमाज, गोंगबुको बीएसआर मुभिज, भक्तपुरको कमल विनायक सिनेमाज, कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र जमलको विश्वज्योती सिनेप्लेक्स, सतुङ्गलको डीएम सिनेमाजमा फिल्मले सफलताका साथ ५१ औँ दिनको यात्रा पूरा गरेको हो ।

    यसैगरी, उपत्यका बाहिर मोफसलका धरानको फ्रेन्ड्स सिनेमाज र डीम्याक्स सिनेमाज, विराटनगरको सेन्ट्रल सिनेमाज, इटहरीको इलाइट सिनेमा, विर्तामोडको पाथिभरा सिनेमाज, सिमराको आईएनआई केएसआर सिनेमाज, बुटवलका तीन हल फ्रेन्ड्स सिनेमाज, क्युएफएक्स बुटवल र क्युबक्स आईएनआई सिनेमाज, कपिलवस्तुको ओसिस सिनेमा, चितवनको म्याङगो सिनेमा, बनेपाको बामेल सिनेमा, दाङको भीएफएक्स सिनेमा र नेपालगञ्जको सिने रोयलमा पनि फिल्मले ५१ औँ दिन पुरा गरेको छ । निर्माण पक्षका अनुसार यसले देशभर आज ४५ शो पाएको छ ।

    निर्देशक चाम्सले फिल्मबाट भएको मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग गरिने जानकारी दिए । फिल्म ‘अञ्जिला’ मा कप्तान सुब्बासँगै दयाहाङ राई, माओत्से गुरुङ, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतका कलाकारको सशक्त अभिनय रहेको छ ।

    Post Views: 78
    • ANJILA
    • Anjila Tumbapo Subba
    • Dayahang Rai
    • Maotse Gurung
    • Milan Chams
    • Prem Kumar Shrestha
    • Srijana Subba
    प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार ११:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.