• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

फ्राइडे रिलिज : ‘भूठान’ लाई १२० शोज, ‘खेल’ लाई ८८

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १२, शुक्रबार ०४:११ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आज शुक्रबार (बैशाख १२) देखि दुई नेपाली फिल्म ‘भूठान’ र ‘खेल’ रिलिज भएका छन् । यसै साता गरिएका दुवै फिल्मले प्रिमियरमा उपस्थित पाहुनाबाट उत्कृष्ट समीक्षा बटुलेका छन् भने यसको प्रभाव बक्सअफिस कलेक्सनमा कस्तो पर्ने हो, त्यसको लेखाजोखा आजबाट नै शुरु हुनेछ ।

    विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’ ले देशभरका हलबाट १ सय २० शोज पाएको छ भने अनुराग प्रधान निर्देशित ‘खेल’ ले ८८ शोज पाएको छ । शुक्रबारदेखि नै नेपालीबाहेक एक हिन्दी हरर फिल्म ‘ओए भुतनी के’ पनि रिलिज भएको छ भने १९९४ नोभेम्बर ४ मा प्रदर्शनमा आईसकेको आमिर खान, सलमान खान र रविना टण्डन अभिनित ‘अन्दाज अपना अपना’ पनि ३० वर्षपछि शुक्रबारदेखि नै पुनः प्रदर्शनमा आएको छ । राजकुमार सन्तोषीको निर्देशन रहेको यस फिल्मले भने नेपालमा ४४ शोजबाट प्रदर्शनको खाता खोलेको छ ।

    देशभरका हलमा गरी शुक्रबार कुल ४ सय ६६ शोज चल्नेछन् । जसमा ७ नेपालीसहित १२ फिल्म प्रदर्शनमा छन् । भूटानबाट खेदिएर नेपालहुँदै तेस्रो मुलुक पुनर्बासका लागि जना बाध्य भूटानी शरणार्थीको घर फिर्तीको आशा र संघर्षमा केन्द्रित फिल्म ‘भूठान’ ले उपत्यकाभित्र ५९ र बाहिर ६१ शोज पाएको छ । देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले हरिवंश आचार्य अभिनित यस फिल्मलाई २७ शोज दिएको छ ।
    त्यस्तै, सुरक्षा पन्त स्टारर हरर जनराको ‘खेल’ ले पाएका ८८ शोजमध्ये उपत्यकाभित्र ४२ र बाहिर ४६ शोज छन् । शुक्रबार चल्ने कुल ४ सय ६६ शोजमध्ये ‘भूठान’ ले पाएको शोज झन्डै २६ प्रतिशत रहेको छ भने ‘खेल’ को लगभग १९ प्रतिशत हो ।

    सन्तोषजक शोज पाएका ‘भूठान’ र ‘खेल’ दुवैका प्री–बुकिंग भने सन्तोषजनक रहेनन् । पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्मका इनिसियल ओपनिंग भने उत्साहजनक देखिन छोडेको छ । प्रिमियर प्रतिक्रिया सुखद बोकेका भएपनि ‘भूठान’ र ‘खेल’ को दर्शक समीक्षाले दुवैको बक्सअफिस कलेक्सनको निर्धारण गर्नेछ ।

    नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ प्रदर्शनको तेस्रो साता प्रवेश गर्दै शुक्रबार ७१ शोज पाएको छ । त्यसैगरी, मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ ले देशभर २५ शोज पाउँदा प्रदर्शनको ५० औं दिनमा आईपुगेको फिल्म ‘होस्टेल ३’ ले शुक्रबार काठमाडौंको रञ्जना सिनेप्लेक्समा मात्र १ शोमा सीमित भएको छ । त्यसैगरी, प्रदर्शनको आठौं सातामा प्रवेश गरेको फिल्म ‘लाज शरणम्’ ले ५, ‘वसन्त’ ले ५ शोज पाएका छन् ।

    हिन्दी फिल्म ‘ओए भुतनी के’ ले ४२ शोजबाट प्रदर्शन शुरु गरेको छ भने केसरी च्याप्टर २ ले ४५, ‘अन्दाज अपना अपना’ ले ४४ र ‘जाट’ ले १७ शोज पाएका छन् । हलिउड फिल्म ‘अ माइन्डक्राफ्ट मुभी’ ले शुक्रबार देशभरबाट मात्र ३ शोज पाएको छ ।

    प्रदर्शनमा रहेका ७ नेपाली फिल्मले देशभरबाट कुल ३ सय १५ शोज पाउँदा विदेशी ५ फिल्मले १ सय ५१ शोज पाएका छन् ।

    Post Views: 122
    • Bhuthan
    • Binod Paudel
    • Friday release
    • Haribansha Acharya
    • Khel
    • Suraksha Panta
    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ०४:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.