• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रदीपको जोडी बन्दैछिन् चुम

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १०, बुधबार २३:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय अभिनेत्री चुम दरङले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले अभिनेता प्रदीप खड्काको जोडी बनेर नेपाली फिल्म ‘ऐरी’ मा अभिनय गर्न लागेकी हुन् । भारतीय फिल्म ‘गंगुबाई कठियावाडी’ र टिभी रियालिटी शो ‘बिग बोस’ सिजन १८ मार्फत चर्चा कमाएकी चुम फिल्म वर्कशपका लागि काठमाडौँ आएकी छिन् ।

    एक्सन तथा प्रेम कहानीमा आधारित ‘ऐरी’ दुई सातामा छायांकनमा जाने तयारीमा रहेको छ । हाल फिल्मको कार्यशालामा सहभागी हुन चुम काठमाडौं आइपुगेर नेपाली भाषा र संवाद सिकिरहेकी छिन् । फिल्ममा मुख्य खलपात्रको भूमिकामा भने भुटानी अभिनेता सांगे सेल्ट्रिम देखिनेछन् ।

    फिल्मको छायांकन काठमाडौं, बागलुङको ढोरपाटन र भारतका विभिन्न स्थानमा हुनेछ। छायांकन तीन महिना चल्ने बताइएको छ । नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्म केही क्षेत्रीय भाषामा पनि डब गरिनेछ ।

    फिल्ममा प्रदीप, चुम र सांगेबाहेक अभिनेता सुनिल थापाको पनि अभिनय रहनेछ । अन्य चर्चित नेपाली कलाकारको पनि सहभागिता हुने चर्चा छ।

    Post Views: 261
    • Airee
    • Chum Darang
    • Jiwan Thapa
    • Pradeep Khadka
    • Sunil Thapa
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार २३:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.