• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो छ घरेलु बजारमा नेपाली फिल्मको व्यापार ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ७, आईतवार २३:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म निर्माणका हिसाबले जतिसुकै कमजोर किन नहुन्, भिड्ने सवालमा पाखुरा सुर्किन भने कसैले सिकाई रहनु पर्दैन । प्रदर्शन अगावैको बक्सअफिस भिडन्त जति जोडका तोड हुन्छ, फिल्म हलमा आएपछि भने दर्शकले कसको कति दम रहेछ भन्ने एक साता नहुँदै हैसियत देखाईदिन्छन् ।

    नयाँ वर्षको छेकोमा गएको चैत २९ देखि प्रदर्शनमा आएका दुई फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ ले घरेलु बजारमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् । दुवै एक्सन जनराका फिल्म भएता पनि हलमा दर्शकले हेर्ने खासै चाहना देखाएनन् । जसले गर्दा बक्सअफिसमा दुवै फिल्मको व्यापार उत्साहाजन छैन । सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ बक्सअफिसमा दयनीय देखिएको छ । फिल्मले लाइफटाइम कलेक्सन घरेलु बजारमा पचास लाख पुर्याउन नसक्ने देखिएको छ । विपिन कार्की स्टारर ‘कर्मा’को अहिलेसम्मको कमाइ २६ लाख २८ हजार रुपैयाँ ग्रस छ ।

    निर्देशक कृषा चौलागाईंको ‘पिताम्बर’ मा अभिनेता प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रविन्द्र झा, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट, गौरी मल्लसम्मका एकसेएक कलाकार रहेका छन् । यो मल्टीस्टारर फिल्मले प्रदर्शनको ९ दिन (दोस्रो शनिबारसम्म) देशब्यापी २ करोड ५८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

    २०८१ साल समग्रमा नेपाली फिल्मको व्यापारका लागि उत्साप्रद वर्ष रहेपनि यसको बिदाई भने सुखद हुन सकेन । चैत २९ देखि प्रदर्शनमा आएका ‘कर्मा’ र ‘पिताम्बर’ को व्यापार मात्र दयनीय रहेन, त्यसभन्दा एक साताअघि चैत २२ मा रिलिज भएको प्रकाश सपूतको फिल्म ‘वसन्त’ पनि फ्लप भयो । शनिबारसम्म फिल्म ‘वसन्त’को कूल ग्रस कमाई १ करोड ८५ लाख रुपैयाँ ग्रस छ ।

    यतिबेला हलमा मिलन चाम्सको बायोपिक ‘अञ्जिला’ ले सुखद व्यापार गरिरहेको छ । बक्सअफिसमा वैशाख ६ गते शनिबारसम्म देशब्यापी ८ करोड २८ लाख ग्रस कलेक्सन गरेको छ । ‘अञ्जिला’ २०८१ सालमा सबैभन्दा धेरै कमाउने शीर्ष १० फिल्मको पाँचौ स्थानमा छ ।

    Post Views: 401
    • ANJILA
    • BASANTA
    • Bipin Karki
    • Dayahang Rai
    • Karma
    • Milan Chams
    • PITAMBAR
    • Pradeep Khadka
    • Prakash Sap
    • Prakash Saput
    • saugat malla
    • Saurav Chaudhary
    • Upasana Singh Thakuri
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार २३:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.