• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

घुमिफिरी जेठ २३ मै ‘जन्त्ते बाख्रो’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ६, शनिबार १७:३७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म ‘जन्ते बाख्रो’ ले जेठ २३ मा प्रदर्शन हुने गर्दै पब्लिसिटीको सुरुआत गर्यो । तर, पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जेठ ९ मा प्रदर्शन हुने घोषणा गरियो । त्यसको केही समयपछि पुनः फिल्म जेठ २३ मै प्रदर्शन हुने भएको छ ।

    अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’ लाई अभिनेता राजेश हमालको फिल्मसँग नजुधाउन आग्रह गरिएपछि पुरानै डेटमा फर्किन बाध्य भएको हो । अभिनेता हमालको कमब्याकसँगै चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनको लगानी रहेको फिल्म ‘नरसिंहा अवतार’ ले यसअगाडि पनि ‘के घर के डेरा : घर नम्बर २’ लाई जेठ ९ मा प्रदर्शन नगर्न आग्रह गरेको थियो। उक्त फिल्म अब जेठ २ मा प्रदर्शन हुने भएको छ ।

    निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

    हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्ने गर्दैछ ।

    Post Views: 249
    • Aashif Shah
    • Garima Sharma
    • Jante Bakhro
    • Narendra Maharjan
    • Narsimha Avtaar
    • Rajesh Hamal
    • saugat malla
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १७:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.