• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai saugat malla Bipin Karki Kala Saili Music Dinesh Dc Miruna Magar Rajesh Hamal Film Development Board Nepal

घुमिफिरी जेठ २३ मै ‘जन्त्ते बाख्रो’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ६, शनिबार १७:३७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म ‘जन्ते बाख्रो’ ले जेठ २३ मा प्रदर्शन हुने गर्दै पब्लिसिटीको सुरुआत गर्यो । तर, पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जेठ ९ मा प्रदर्शन हुने घोषणा गरियो । त्यसको केही समयपछि पुनः फिल्म जेठ २३ मै प्रदर्शन हुने भएको छ ।

    अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’ लाई अभिनेता राजेश हमालको फिल्मसँग नजुधाउन आग्रह गरिएपछि पुरानै डेटमा फर्किन बाध्य भएको हो । अभिनेता हमालको कमब्याकसँगै चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनको लगानी रहेको फिल्म ‘नरसिंहा अवतार’ ले यसअगाडि पनि ‘के घर के डेरा : घर नम्बर २’ लाई जेठ ९ मा प्रदर्शन नगर्न आग्रह गरेको थियो। उक्त फिल्म अब जेठ २ मा प्रदर्शन हुने भएको छ ।

    निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

    हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्ने गर्दैछ ।

    Post Views: 80
    • Aashif Shah
    • Garima Sharma
    • Jante Bakhro
    • Narendra Maharjan
    • Narsimha Avtaar
    • Rajesh Hamal
    • saugat malla
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १७:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कुसुमले गरिन् टिकाटालो
    ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न
    ‘जारी २’को पाँचथरबाट छायांकन सुरु
    ताजा अपडेट
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. पुनमलाई ‘तिमी मेरो प्राण हौ…’ भन्दै सनम

    • ३. ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न

    • ४. ‘जारी २’को पाँचथरबाट छायांकन सुरु

    • ५. ‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

    चर्चित
    • १. ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया

    • ४. रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

    • ५. किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.