• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दाेस्राे साता ‘कर्मा’ को शोजमा ९३ प्रतिशतले गिरावट, ‘पिताम्बर’को ७ प्रतिशत

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार ०२:३८ प्रकाशित
    Advertisement
    karma and pitambar poster
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । वर्षको पहिलो शुक्रबार आज नेपालमा कुनै पनि नेपाली फिल्म रिलिज हुने छैनन् । यस मितिमा केवल अक्षयकुमार स्टारर हिन्दी फिल्म ‘केशरी : च्याप्टर २’ मात्र यस साताको फ्राइडे रिलिज अन्तर्गत छ ।

    त्यसबाहेक फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ दोस्रो सातामा प्रवेश गरेका छन् भने प्रकाश सपूतको ‘वसन्त’ तेस्रो सातामा चल्दैछ । मिलन चाम्सको ‘अञ्जिला’ले पनि सुखद प्रदर्शनको छैठौं सातामा आफुलाई पुर्‍याएको छ । कुमार कट्टेलको ‘लाज शरणम’ले भने बिहिबार ५१ दिनको यात्रा तय गर्दै अघि बढेको छ । त्यसबाहेक फागुन २३ देखि प्रदर्शनमा आएको सशान कँडेलको ‘होस्टेल ३’ ले पनि यो साता केही शोसहित आफुलाई हलमा अड्याईरहेको छ ।

    नयाँ वर्षको छेको पारेर गत साता अधिक शोजसहित रिलिज भएका दुई एक्सन फिल्म ‘कर्मा’ र ‘पिताम्बर’को शोज अनुपातमा दोस्रो सातासम्म आईपुग्दा निकै तलमाथि भएको छ । पहिलो साता कम्तिमा १२४ शोजसहित रिलिज भएको सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ले निकै सुस्त व्यापार गरेपछि प्रदर्शकले दोस्रो सातामा यसको शोजमा निकै कटौती गरेका छन् । प्रदर्शनको आठौं दिनमा कर्माको शोजमा ९३ प्रतिशतले गिरावट आएको छ ।

    विपिन कार्की स्टारर कर्मालाई देशभरका ८ हलले एक–एक शो दिएका छन् भने यो फिल्म दाङमा छायांकन भएकोले पनि हुनसक्छ, घोराहीको भीएफएक्स सिनेमाजले मात्र ३ शोज दिएर दर्शकको अपेक्षा गरेको छ । १२४ शोज पाएर पनि एक सातामा मुश्किलले २५ लाखमाथिको व्यापार गरेको ‘कर्मा’का लागि दोस्रो साता पाएको ९ शोज केवल फिल्म एक सातामा नै उत्रिएन भन्नुमा बाहेक अन्य फाइदा खासै देखिदैन ।

    ‘कर्मा’सँगै कम्तिमा १७० शोजसहित प्रदर्शन थालेको कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ले भने सप्ताहन्तभन्दा पछि व्यापारमा केही पिकअप लिएको देखियो । समीक्षबाट पनि सन्तोषजनक प्रतिक्रिया बटुलेको यस फिल्मलाई दर्शकले पनि मनोरन्जनात्मक माने । फलस्वरुप पिताम्बरले दोस्रो साता पनि आफ्नो हल उपस्थितीलाई खासै घट्न दिएन । देशभरका हलले ‘पिताम्बर’लाई आठौं दिनका लागि कम्तिमा १५८ शोज दिएका छन् ।

    दोस्रो सातामा आईपुग्दा ‘पिताम्बर’को शोज केवल ७ प्रतिशतले मात्र गिरावट आएको देखिन्छ । शोजको आधारमा व्यापारमा उल्लेख्य गिरावट आएन भने ‘पिताम्बर’ले दोस्रो सातामा ग्रस कलेक्सन साढे तीन करोड माथि पुर्‍याउन सक्ने देखिन्छ । किन पनि भने, यो साता ‘पिताम्बर’का लागि व्यापारमा अड्को हाल्ने ‘केशरी : च्याप्टर २’ बाहेक अरु छैनन् ।

    त्यसैगरी, ५१ दिनको कोशेढुंगा पार गर्ने बाटोमा लम्किरहेको ‘अञ्जिला’ले ३६ औं दिनमा सम्मानजनक कम्तिमा ४२ शोज पाएको छ । त्यसबाहेक ‘वसन्त’ २६ शोजमा खुम्चिएको छ भने ‘लाज शरणम’ले अझै ७ शोजमा आफुलाई टिकाईरहेको छ ।

    Post Views: 387
    • Anjila Movie
    • Bipin Karki
    • Dayahang Rai
    • Karma
    • PITAMBAR
    • saugat malla
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार ०२:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.