• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

दाेस्राे साता ‘कर्मा’ को शोजमा ९३ प्रतिशतले गिरावट, ‘पिताम्बर’को ७ प्रतिशत

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार ०२:३८ प्रकाशित
    Advertisement
    Advertisement
    karma and pitambar poster
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । वर्षको पहिलो शुक्रबार आज नेपालमा कुनै पनि नेपाली फिल्म रिलिज हुने छैनन् । यस मितिमा केवल अक्षयकुमार स्टारर हिन्दी फिल्म ‘केशरी : च्याप्टर २’ मात्र यस साताको फ्राइडे रिलिज अन्तर्गत छ ।

    त्यसबाहेक फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ दोस्रो सातामा प्रवेश गरेका छन् भने प्रकाश सपूतको ‘वसन्त’ तेस्रो सातामा चल्दैछ । मिलन चाम्सको ‘अञ्जिला’ले पनि सुखद प्रदर्शनको छैठौं सातामा आफुलाई पुर्‍याएको छ । कुमार कट्टेलको ‘लाज शरणम’ले भने बिहिबार ५१ दिनको यात्रा तय गर्दै अघि बढेको छ । त्यसबाहेक फागुन २३ देखि प्रदर्शनमा आएको सशान कँडेलको ‘होस्टेल ३’ ले पनि यो साता केही शोसहित आफुलाई हलमा अड्याईरहेको छ ।

    नयाँ वर्षको छेको पारेर गत साता अधिक शोजसहित रिलिज भएका दुई एक्सन फिल्म ‘कर्मा’ र ‘पिताम्बर’को शोज अनुपातमा दोस्रो सातासम्म आईपुग्दा निकै तलमाथि भएको छ । पहिलो साता कम्तिमा १२४ शोजसहित रिलिज भएको सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ले निकै सुस्त व्यापार गरेपछि प्रदर्शकले दोस्रो सातामा यसको शोजमा निकै कटौती गरेका छन् । प्रदर्शनको आठौं दिनमा कर्माको शोजमा ९३ प्रतिशतले गिरावट आएको छ ।

    विपिन कार्की स्टारर कर्मालाई देशभरका ८ हलले एक–एक शो दिएका छन् भने यो फिल्म दाङमा छायांकन भएकोले पनि हुनसक्छ, घोराहीको भीएफएक्स सिनेमाजले मात्र ३ शोज दिएर दर्शकको अपेक्षा गरेको छ । १२४ शोज पाएर पनि एक सातामा मुश्किलले २५ लाखमाथिको व्यापार गरेको ‘कर्मा’का लागि दोस्रो साता पाएको ९ शोज केवल फिल्म एक सातामा नै उत्रिएन भन्नुमा बाहेक अन्य फाइदा खासै देखिदैन ।

    ‘कर्मा’सँगै कम्तिमा १७० शोजसहित प्रदर्शन थालेको कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ले भने सप्ताहन्तभन्दा पछि व्यापारमा केही पिकअप लिएको देखियो । समीक्षबाट पनि सन्तोषजनक प्रतिक्रिया बटुलेको यस फिल्मलाई दर्शकले पनि मनोरन्जनात्मक माने । फलस्वरुप पिताम्बरले दोस्रो साता पनि आफ्नो हल उपस्थितीलाई खासै घट्न दिएन । देशभरका हलले ‘पिताम्बर’लाई आठौं दिनका लागि कम्तिमा १५८ शोज दिएका छन् ।

    दोस्रो सातामा आईपुग्दा ‘पिताम्बर’को शोज केवल ७ प्रतिशतले मात्र गिरावट आएको देखिन्छ । शोजको आधारमा व्यापारमा उल्लेख्य गिरावट आएन भने ‘पिताम्बर’ले दोस्रो सातामा ग्रस कलेक्सन साढे तीन करोड माथि पुर्‍याउन सक्ने देखिन्छ । किन पनि भने, यो साता ‘पिताम्बर’का लागि व्यापारमा अड्को हाल्ने ‘केशरी : च्याप्टर २’ बाहेक अरु छैनन् ।

    त्यसैगरी, ५१ दिनको कोशेढुंगा पार गर्ने बाटोमा लम्किरहेको ‘अञ्जिला’ले ३६ औं दिनमा सम्मानजनक कम्तिमा ४२ शोज पाएको छ । त्यसबाहेक ‘वसन्त’ २६ शोजमा खुम्चिएको छ भने ‘लाज शरणम’ले अझै ७ शोजमा आफुलाई टिकाईरहेको छ ।

    Post Views: 211
    • Anjila Movie
    • Bipin Karki
    • Dayahang Rai
    • Karma
    • PITAMBAR
    • saugat malla
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार ०२:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.