• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दसैँमा फिल्म ल्याउने घोषणा गरेको षट्कोण आर्ट्सको फिल्म के हुँदैछ ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार २२:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी दसैँमा नेपाली फिल्म एकआपसमा भिडन्त हुने खबर मिडियामा आएको लामो समय भइसकेको छ । गत वर्षदेखि नै दसैँलाई लक्षित गरी धेरै फिल्म निर्माण प्रक्रियामा जुटिसकेका छन् । यद्यपि, दसैँमा फिल्म प्रदर्शन हुने घोषणा गर्ने पहिलो व्यानर षट्कोण आर्ट्स थियो । ‘महाजात्रा’ फिल्ममा समावेश ‘साथी’ बोलको गीतमार्फत निर्माता माक्स दीपेश खत्रीले २०८२ को दसैँमा फिल्म ल्याउने घोषणा गरेका थिए ।

    यद्यपि ‘जात्रा’कै सिरिज आउँछ कि अन्य कुनै नयाँ फिल्म भन्ने विषयमा निर्माण टिमले आधिकारिक रूपमा केही बताएको थिएन । अहिले अन्य फिल्महरू घोषणा भइरहँदा षट्कोण आर्ट्स के गर्दैछ त ? निर्देशक प्रदीप भट्टराईले दसैँमा फिल्म आउने वा नआउने भन्ने विषयमा स्पष्टता दिन सकेनन् ।

    ‘हामी आन्तरिक गृहकार्यमा छौँ, नआउने कुनै कारण छैन । तर, ‘जात्रा’ सिरिजलाई अहिले निरन्तरता दिने सोच छैन’, उनले भने । उनले षट्कोण आर्ट्सबाट निर्देशक खिन्से नोर्बुको फिल्म छायांकन भइरहेको जानकारी दिए ।

    ‘दुलही’ शीर्षकमा छायांकन भइरहेको उक्त फिल्म नेपालभन्दा अगाडि विदेशमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ । उक्त फिल्ममा कमलमनी नेपाल, बिनिता रानामगर लगायतका कलाकारको अभिनय रहेको बुझिएको छ । नेपाल बाहिर यो फिल्म ‘ब्राइड’ शिर्षकमा प्रदर्शन हुनेछ ।

    यसैगरी, षट्कोण आर्ट्सले दुई नयाँ फिल्म ‘महारानी’ र ‘सटाहा’ निर्माण गर्ने तयारी थालेको छ । तर, यम थापाको निर्देशनमा बन्ने ‘महारानी’ को छायांकन तयारीमा उनीहरू जुटेका छन् । निर्देशक भट्टराईले यसबारे धेरै जानकारी दिन चाहेनन्, उनले आन्तरिक तयारी मात्र भइरहेको बताएका छन् ।

    Post Views: 353
    • Bride
    • Dulahi
    • Jatra
    • Mahajatra
    • Maharani
    • Pradeep Bhattarai
    • Sataha
    • Yam Thaoa
    • Yam Thapa
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार २२:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.