• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कर्मा’ भर्सेस ‘पिताम्बर’ : बक्सअफिसमा काे कति पानीमा ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार ०८:४२ प्रकाशित
    Advertisement
    karma and pitambar poster
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म निर्माणका हिसाबले जतिसुकै कमजोर किन नहुन्, भिड्ने सवालमा पाखुरा सुर्किन भने कसैले सिकाई रहनु पर्दैन । प्रदर्शन अगावैको बक्सअफिस भिडन्त जति जोडका तोड हुन्छ, फिल्म हलमा आएपछि भने दर्शकले कसको कति दम रहेछ भन्ने एक साता नहुँदै हैसियत देखाईदिन्छन् ।

    त्यस्तै भयो, गत सातादेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ को हकमा पनि । दुवै एक्सन जनराका फिल्म हलमा पनि ‘एक्सन’ मा नै उत्रँदै थिए । सौरभ चौधरीले यसअघि नै आफुलाई ‘अगस्त्य : च्याप्टर वान’ बाट एक्सन जनराका फिल्ममा निकै बलियो संभावना बोकेको निर्देशकका रुपमा उभ्याएका थिए । त्यसैले ‘कर्मा’ उनकै निर्देशनका कारण पनि निकै आशाका साथ हेरिएको थियो । त्यसमा पनि सौरभले विपिन कार्कीलाई एक्सन हिरोको अवतारमा पहिलोपटक उतार्दै थिए । यस्तोमा विपिनका फ्यानका लागि पनि ‘कर्मा’ प्रतिक्षित हुन सक्थ्यो । रिलिजको मुखमा आएर अझ अहिलेका चल्तीका गायकद्वय सुशान्त केसी र दुर्गेश थापालाई गवाएर ‘कर्मा’ को ओएसटी फालिएपछि फिल्म युनिट दंग थियो ।

    उता, फिल्म प्रदर्शन अगावै ‘लेडी टाइगर’ को फुर्को पाएकी निर्देशक कृषा चौलागाईंको ‘पिताम्बर’ पनि ‘कर्मा’ सँग भिड्न सुरिएको थियो । प्रदीप खड्कादेखि सौगात मल्ल, दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रविन्द्र झा, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट, गौरी मल्लसम्मका एकसेएक कलाकारको फौजसहित भिडन्तमा उत्रेकी ‘पिताम्बर’ कमान्डर कृषा ‘कर्मा’ लाई बक्सअफिसमा धोबी पछाड गर्न उत्साहित थिइन् ।

    तर सोचें झैं फिल्म प्रदर्शन रैनछ ।

    देशभरका प्रदर्शकले यी दुई फिल्मलाई झन्डै ३ सय ओपनिंग शोज दिएकै थिए । जसमा ‘पिताम्बर’ ले ५८ प्रतिशत अर्थात् १७० शोज पाएको थियो भने ‘कर्मा’ ले पनि सम्मानित ४२ प्रतिशत (१२४ शोज) पाएको थियो । तर शो पाएजस्तो दुवै फिल्मले न अग्रीम टिकट बेच्न सके, न त बम्पर ओपनिंग नै हान्न सके । बम्पर के भन्नु ? नयाँ वर्षको विदाको बोनस पाएर पनि दुवै फिल्मले अपेक्षित दर्शक हलसम्म तान्न सकेनन् ।
    प्रदर्शनको छैटौं दिन बुधबारसम्म ‘पिताम्बर’ र ‘कर्मा’ ले २ करोड ४३ लाखको मात्र टिकट बेच्न सके । जसमा ‘पिताम्बर’ को ९० प्रतिशत हिस्सा छ भने ‘कर्मा’ को १० प्रतिशत मात्रै । निर्माण पक्षको दाबीलाई मान्ने हो भने ‘पिताम्बर’ ५ करोड र ‘कर्मा’ ४ करोड बजेटमा बनेका फिल्म हुन् । घरेलु बक्सअफिसबाट लगानी उठाउन पनि दुवै फिल्मले कम्तिमा १२ देखि १५ करोडको व्यापार गर्नुपर्ने हुन्छ ।

    प्रदर्शनको ६ दिनमा ‘पिताम्बर’ ले २ करोड १८ लाख ३४ हजारको व्यापार गर्दा ‘कर्मा’ को ९ गुणाले कम २४ लाख ९३ हजार ९११ रुपैयाँ मात्र रहेको छ । तुलनात्मक रुपमा ‘पिताम्बर’ को ग्रस कलेक्सन माथि रहेपनि खुशी हुनुपर्ने अवस्था भने छैन । किनभने निरश ओपनिंग गरेको यस फिल्मको व्यापारले अझै पिकअप लिन सकेको छैन । समीक्षात्मक रुपमा ‘कर्मा’ भन्दा राम्रो प्रतिक्रिया पाएपनि ‘पिताम्बर’ ले गत मंगलबार र बुधबार मात्र ३२ लाख ३४ हजारको व्यापार गरेको देखिन्छ । यिनै दुई दिनमा ‘कर्मा’ को व्यापार भने २ लाख १२ हजारमा खुम्चिएको छ ।

    २०८१ साल समग्रमा नेपाली फिल्मको व्यापारका लागि उत्साप्रद वर्ष रहेपनि यसको बिदाई भने सुखद हुन सकेन । चैत २९ देखि प्रदर्शनमा आएका ‘कर्मा’ र ‘पिताम्बर’ को व्यापार मात्र दयनीय रहेन, त्यसभन्दा एक साताअघि चैत २२ मा रिलिज भएको प्रकाश सपूतको फिल्म ‘वसन्त’ पनि फ्लप भयो । प्रदर्शनको १३ औं दिनसम्म ‘वसन्त’ ले देशभरबाट १ करोड ८२ लाखको मात्रै व्यापार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ को बक्स अफिस तथ्याङ्कले देखाएको छ । यही बक्सअफिस रिपोर्टकै आधारमा हेर्दा ‘वसन्त’ को १२ औं र १३ औं दिनको व्यापार ‘कर्मा’ को पाचौं र छैटौं दिनको भन्दा ३ लाखले अझै बढि छ ।

    यी बाहेक यतिबेला हलमा मिलन चाम्सको बायोपिक ‘अञ्जिला’ ले सुखद व्यापार गरिरहेको छ भने कुमार कट्टेलको ‘लाज शरणम्’ ले आज बिहिबारदेखि देशभरका ११ पर्दामा प्रदर्शनको ५१ औं दिनको छेको पार गरेको छ ।

    Post Views: 545
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ०८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.