• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

मन्त्रिपरिषदले स्वीकृति दिएको चलचित्र सम्बन्धी नयाँ विधेयकमा के छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार ००:३९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो निर्णय सार्वजनिक गरेका हुन् ।

    २०२६ सालको चलचित्र ऐनलाई प्रतिस्थापन गर्ने गरि ल्याउन लागिएको यो विधेयकको मस्यौदा १ महिनाअघि चलचित्र विकास बोर्डले मन्त्रालयमा पठाएको थियो । बोर्डले प्रस्तावित विधेयकमा केही मूलभूत र नयाँ व्यवस्था समावेश गरिएको जनाएको छ ।

    यसअघि बोर्डको संचालक समितिमा अर्थ र संचार मन्त्रालयका प्रतिनिधि हुनेमा प्रस्तावित विधेयकमा अर्थ मन्त्रालयका प्रतिनिधिलाई नराख्ने प्रस्ताव छ ।समानुपातिक, समावेशी सिद्धान्तको आधारमा २ महिलासहित बोर्ड संचालक समितिमा ५ जना सदस्य नियुक्त गर्नुपर्ने प्रस्ताव छ । यसअघि हलहरूको अनुमगन र नियमन गर्ने कुरामा कारवाही र सजाय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्थ्यो । प्रस्तावित विधेयकमा भने १० लाख जरिवाना र हल बन्द गर्न सक्ने अधिकार बोर्डलाई दिने प्रस्ताव छ ।

    संघीयताका कार्यान्वयन गर्न ३ तहको अधिकार विभाजन गर्ने संवैधानिक प्रावधानअनुसार हलको निर्माण इजाजत स्थानीय तहले दिने, हल निर्माणको मापदण्ड बोर्डले तय गर्ने र अनुगमन नियमको पाटो प्रदेशले गर्ने दिने गरि प्रस्ताव गरिएको छ ।

    विधेयकमा टिकट दर र श्रेणी तोक्ने अधिकार प्रदेश दिने गरि प्रस्ताव गरिएको छ । यसअघि ओटीटी प्लाटफर्ममार्फत फिल्म प्रदर्शन गर्ने, कल्याणकारी कोष कार्यविधिबाट संचालन गर्ने नियम थियो । यसपटक भने यीसहित फिल्म प्रशिक्षण प्रतिष्ठान गठन गर्ने कुरा ऐनमा राखिएको छ ।

    यसअघि बोर्डको काम, कर्तव्य र अधिकारसहित निर्माण, प्रदर्शन र वितरणका सैद्धान्तिक कुरा नियमावलीमा समेटिएका थिए । अब भने यी पक्ष ऐनमा समेटिने प्रस्ताव छ । प्रस्तावित विधेयकको पूर्ण मस्यौदा सार्वजनिक भैसकेको छैन । बोर्ड अध्यक्ष दिनेश डीसीले आफू नियुक्त भएदेखि नै विधेयकलाई प्राथमिकता दिएका थिए।

    Post Views: 257
    • Dinesh Dc
    • FDB
    • Film Development Board Nepal
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ००:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.