• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Dinesh Dc Bipin Karki saugat malla Rajesh Hamal Miruna Magar Film Development Board Nepal Kala Saili Gallery

रिक्रिएट गरियो ‘अच्छा लेकिन लण्डनको चिसोले’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार ००:२६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजेश हमाल र सन्नी रौनियारको नृत्य रहेको फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिएको हो । बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा अभिनेता हमालले नृत्य गरेका छन् ।

    उनले यसपटक नयाँ पुस्ताका कलाकारहरू राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापासँग सहकार्य गरेका छन् । उनले आफ्नै गीतमा पुनः नृत्य गर्न पाउँदा खुसी लागेको बताए ।

    ‘यो गीतमा नृत्य गर्दा पुरानो समय स्मरण गरें, उही मिठासमा तयार भएको छ । पुरानोझैँ यसलाई पनि रुचाउनु हुनेमा विश्वस्त छु’, अभिनेता हमालले भने । उक्त गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ ।

    सङ्गीतकार बाँस्कोटाले गीतलाई नयाँ पुस्ताले पनि रुचाउने विश्वास व्यक्त गरे । उनले भने,‘यो गीतलाई विभिन्न सोसल मिडियामा रुचाइएको पाएँको छु, गीतलाई नयाँ शैलीमा ल्याए पनि मिठास उही छ । यो गीत पुस्तान्तरण गरेका हौँ ।’ कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।

    क्रियटिभ सिने आर्टस्द्वारा निर्मित फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ ।

    Post Views: 115
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ००:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’
    नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)
    नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने
    Advertisement
    ताजा अपडेट
    • १. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • २. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ३. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    • ४. टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.