• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रेमको चर्चामा प्रदीप र दिव्या

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ३, बुधबार ०७:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता प्रदीप खड्काको प्रेम चर्चा नौलो विषय रहेन । उनले काम गर्ने प्रायः को–एक्टरसँग उनको प्रेम सम्बन्ध रहेको चर्चा चल्ने गरेकै हुन्छ । पछिल्लो समय पनि उनको नाम जोडिएको छ, दिव्या रायमाझीसँग । फिल्म ‘एक्टर : टेक वन’ बाट गाँसिएको यो अनस्क्रिन जोडी ‘पिताम्बर’ मा दोहोरियो । ‘एक्टर : टेक वन’ को छायांकन ताका नै यी प्रदीप र दिव्या बीच प्रेम अंकुराएको चर्चा चलेको थियो । तर उक्त फिल्म नै असफल भएपछि उनिहरुको सम्बन्धले पनि त्यो बेला खासै मिडिया कभरेज पाएन ।

    यतिबेला ‘पिताम्बर’ को सुरुवाती सफलतासँगै यी दुईबीचको सम्बन्धले पुनः चर्चा पाउन थालेको छ । दिव्यालाई ‘पिताम्बर’ मा आफ्नो जोडी बनाउन पनि प्रदीपकै हात रहेको चर्चा यतिबेला फिल्मनगरीमा छ । जबकी ‘पिताम्बर’ मा मीरा पात्रका लागि दिव्या अनुबन्ध हुनुअघि अभिनेत्री आँचल शर्मालाई लिइएको थियो । आँचल उक्त मीराको चरित्र निर्माणका लागि ‘पिताम्बर’ को वर्कशपमा समेत बसेकी थिइन् । तर पछि आँचललाई दिव्याले रिप्लेस गरिन् ।

    यतिबेला हल–हल पुगेर दर्शकसँग भेट्दा होस् वा मिडियासँगको साक्षात्कारमा, प्रदीप र दिव्याको एकअर्काप्रतिको आत्मीय व्यवहारले धेरैको ध्यान खिचिरहेको छ । त्यसो त प्रदीप र दिव्याले यतिबेला आफुहरु सँगै देखिनु फिल्म प्रचारप्रसारका लागि हो भन्ने तर्क गर्न त सक्लान्, तर उनिहरुको घनिष्ठता महसुस गर्नेका लागि यो तर्क चित्त बुझाई नहुन पनि सक्छ ।

    प्रदीपजस्ता ह्याण्डसम हिरो र दिव्याजस्ती ट्यालेन्टेड हिरोइनको जोडीको गसीप चल्नु अनर्थ त पक्कै हैन । को–एक्टरबीच यस्ता सकारात्मक चर्चा चल्नु र लाइमलाइटमा आईरहन पाउनु फाइदा कै कुरा पनि हो । फिल्ममा पनि यी दुईको केमेस्ट्री निकै जमेको देखिन्छ । यसैलाई हेरेर फेरि कुनै प्रोजेक्टमा यो जोडीलाई दोहो¥याउन सक्ने संभावना पनि उत्तिकै छ । त्यसपछि प्रेमको चर्चा झनै बढ्ला, प्रदीप र दिव्यातीर सम्बन्धका बारेमा तेर्सिने प्रश्न झन् बलियो होलान् नै ।

    अहिले कै लागि भने यो जोडी प्रेम सम्बन्धमा रहेको कुरा साँचो हो वा हल्ला मात्र, त्यो त समयले नै बताउला । तर अहिलेलाई त दर्शकहरू यी दुईलाई पर्दामा होस् वा पर्दा बाहिर, सधैं सँगै देख्न चाहन्छन् ।

    Post Views: 421
    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार ०७:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.