• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai saugat malla Bipin Karki Kala Saili Music Dinesh Dc Miruna Magar Rajesh Hamal Film Development Board Nepal

फेरि त्यही खाडलमा जाकिएको महशुस भयो : प्रकाश सपूत

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २, मंगलवार १८:०१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । वर्ष २०८१ को सुरुआत गायक प्रकाश सपूतका लागि सुखद रह्यो । ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिनँ मैले’ लोकप्रिय हुँदा यसको श्रेय गायक सपूतलाई त गयो नै, सोही सोही गीतले फिल्मलाई पनि व्यवसायिक सफलता दिलाएको धेरथोर जश पाए उनले । लगत्तै उनले अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले त भूतो न भविष्यतको रेकर्डतोड व्यापार गरिदियो । तर त्यसको जश भने प्रकाशले जति लिनसक्थे, आफ्नै कारण लिन सकेनन् । फिल्मको सुरुवाती प्रचारप्रसारमै उनी हिँडिदिएनन् । उनको यो शैलीको दर्शकले आलोचना पनि गरे ।

    वर्ष २०८१ को अन्त्यमा प्रकाशले आफ्नै निर्देशनमा ‘वसन्त’ लिएर आए । गीतसङ्गीतमार्फत दर्शकमा लोकप्रीय गायक सपूतको गीतसङ्गीत, लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’ असफल भयो । यसले घरेलु बजारमा अपेक्षित व्यापार गर्नसकेको छैन भने नेपाली फिल्मको लागि ठूलो बजार मानिने अष्ट्रेलिया र अमेरिकामा अझै प्रदर्शन हुनसकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) का अनुसार बसन्तले सोमबारसम्म प्रदर्शनको ११ औं दिनमा १ करोड ७७ लाख (ग्रस) कारोबार मात्र गरेको छ ।

    फिल्म हेर्नेले पनि गायक सपूतको सिर्जनाको तारिफ गरेनन् । ‘वसन्त’ कै मोफसल वितरक छविराज ओझाले प्रकाशलाई निर्देशन वा निर्माणको ज्ञान भएको भए फिल्म राम्रो बन्न सक्थ्यो भन्दै घुमाउरो गरी ‘वसन्त’ आफुलाई गतिलो नलागेको प्रतिक्रिया मिडियामै दिए ।

    व्यापक आलोचनाको सामना गर्दै वर्ष २०८१ को बिदाई गरेका गायक सपूतले नयाँवर्ष २०८२ मा विगतका कमीकमजोरीलाई मनन् गरेर पुनः अर्को फिल्म निर्देशन गरेर दर्शकको गुण र ऋण तिर्ने संकल्प गरेका छन् । फेसबुक पेजमार्फत सपूतले भनेका छन्, ‘एउटा साँचेर राखेको कथा भन्नुपर्ने थियो, वसन्त निर्माण गरेर त्यो भनें । गएको वर्ष जातीय विभेदविरुद्धको वर्ष भनेर काम गरेको थिएँ । त्यसैले यो विचमा लगातार विभेदविरुद्धका सिर्जनाहरू ‘जाले रुमाल फाट्यो’, ‘दमाई महाराज’ लगायत ल्याएँ । त्यहि समुदायलाई प्रतिनिधित्व गर्दै पूर्णबहादुरको सारंगीमा काम गरें । निर्देशकका रुपमा वसन्तमा देखिएको कमीकमजोरीलाई सच्याउदै एउटा फिल्म निर्देशन गरेर गुण र ऋण तिर्नु छ ।’

    आफू सजिलै बहकिन सक्ने भएकाले जसले पनि बहकाउन सक्ने र फाइदा लिईरहेको तर्क सपूतले गरेका छन् । ‘तपाईलाई मेरो गतिविधिहरु देखेर झनक्क रिस उठ्दा गाली गलौज गरे पनि तपाईको मनमा मेरा सिर्जना र म प्रतिको धारणा नकारात्मक छैन भन्नेमा विश्वस्त छु, किनकि मेरो नियत नराम्रो छैन र तपाईको मन नराम्रो छैन । २०८१ मा मलाई पटक पटक जीवनमा जहाँबाट उठेको हो, फेरि त्यही खाडलमा जाकिएको महशुस भयो । सुटिङ भएका र हुन बाँकी फिल्मको काम र प्रदर्शन सकाएर फेरी गीतसङ्गीतमा काम गर्ने छु’, उनले उल्लेख गरेका छन् ।

    Post Views: 126
    • Basanta Movie
    • Prakash Saput
    • Swastima Khadka
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १८:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कुसुमले गरिन् टिकाटालो
    ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न
    ‘जारी २’को पाँचथरबाट छायांकन सुरु
    ताजा अपडेट
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. पुनमलाई ‘तिमी मेरो प्राण हौ…’ भन्दै सनम

    • ३. ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न

    • ४. ‘जारी २’को पाँचथरबाट छायांकन सुरु

    • ५. ‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

    चर्चित
    • १. ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया

    • ४. रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

    • ५. किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.