• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फेरि त्यही खाडलमा जाकिएको महशुस भयो : प्रकाश सपूत

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २, मंगलवार १८:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । वर्ष २०८१ को सुरुआत गायक प्रकाश सपूतका लागि सुखद रह्यो । ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिनँ मैले’ लोकप्रिय हुँदा यसको श्रेय गायक सपूतलाई त गयो नै, सोही सोही गीतले फिल्मलाई पनि व्यवसायिक सफलता दिलाएको धेरथोर जश पाए उनले । लगत्तै उनले अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले त भूतो न भविष्यतको रेकर्डतोड व्यापार गरिदियो । तर त्यसको जश भने प्रकाशले जति लिनसक्थे, आफ्नै कारण लिन सकेनन् । फिल्मको सुरुवाती प्रचारप्रसारमै उनी हिँडिदिएनन् । उनको यो शैलीको दर्शकले आलोचना पनि गरे ।

    वर्ष २०८१ को अन्त्यमा प्रकाशले आफ्नै निर्देशनमा ‘वसन्त’ लिएर आए । गीतसङ्गीतमार्फत दर्शकमा लोकप्रीय गायक सपूतको गीतसङ्गीत, लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’ असफल भयो । यसले घरेलु बजारमा अपेक्षित व्यापार गर्नसकेको छैन भने नेपाली फिल्मको लागि ठूलो बजार मानिने अष्ट्रेलिया र अमेरिकामा अझै प्रदर्शन हुनसकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) का अनुसार बसन्तले सोमबारसम्म प्रदर्शनको ११ औं दिनमा १ करोड ७७ लाख (ग्रस) कारोबार मात्र गरेको छ ।

    फिल्म हेर्नेले पनि गायक सपूतको सिर्जनाको तारिफ गरेनन् । ‘वसन्त’ कै मोफसल वितरक छविराज ओझाले प्रकाशलाई निर्देशन वा निर्माणको ज्ञान भएको भए फिल्म राम्रो बन्न सक्थ्यो भन्दै घुमाउरो गरी ‘वसन्त’ आफुलाई गतिलो नलागेको प्रतिक्रिया मिडियामै दिए ।

    व्यापक आलोचनाको सामना गर्दै वर्ष २०८१ को बिदाई गरेका गायक सपूतले नयाँवर्ष २०८२ मा विगतका कमीकमजोरीलाई मनन् गरेर पुनः अर्को फिल्म निर्देशन गरेर दर्शकको गुण र ऋण तिर्ने संकल्प गरेका छन् । फेसबुक पेजमार्फत सपूतले भनेका छन्, ‘एउटा साँचेर राखेको कथा भन्नुपर्ने थियो, वसन्त निर्माण गरेर त्यो भनें । गएको वर्ष जातीय विभेदविरुद्धको वर्ष भनेर काम गरेको थिएँ । त्यसैले यो विचमा लगातार विभेदविरुद्धका सिर्जनाहरू ‘जाले रुमाल फाट्यो’, ‘दमाई महाराज’ लगायत ल्याएँ । त्यहि समुदायलाई प्रतिनिधित्व गर्दै पूर्णबहादुरको सारंगीमा काम गरें । निर्देशकका रुपमा वसन्तमा देखिएको कमीकमजोरीलाई सच्याउदै एउटा फिल्म निर्देशन गरेर गुण र ऋण तिर्नु छ ।’

    आफू सजिलै बहकिन सक्ने भएकाले जसले पनि बहकाउन सक्ने र फाइदा लिईरहेको तर्क सपूतले गरेका छन् । ‘तपाईलाई मेरो गतिविधिहरु देखेर झनक्क रिस उठ्दा गाली गलौज गरे पनि तपाईको मनमा मेरा सिर्जना र म प्रतिको धारणा नकारात्मक छैन भन्नेमा विश्वस्त छु, किनकि मेरो नियत नराम्रो छैन र तपाईको मन नराम्रो छैन । २०८१ मा मलाई पटक पटक जीवनमा जहाँबाट उठेको हो, फेरि त्यही खाडलमा जाकिएको महशुस भयो । सुटिङ भएका र हुन बाँकी फिल्मको काम र प्रदर्शन सकाएर फेरी गीतसङ्गीतमा काम गर्ने छु’, उनले उल्लेख गरेका छन् ।

    Post Views: 301
    • Basanta Movie
    • Prakash Saput
    • Swastima Khadka
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १८:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.