• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

पशुपतिनाथमा देखिए अरुण गोविल अर्थात् ‘राम’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार २१:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । प्रसिद्ध हिन्दी टेलिभिजन सिरिज ‘रामायण’ मा भगवान रामको भूमिका निभाएका भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् । उनी पत्नी श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका हुन् ।

    आइतबार बिहान गोविलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । दर्शनपछि सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आज मलाई पवित्र धाम भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्यो । महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्ति महसुस गरें । हर हर महादेव! भगवान रामको जय होस् ।’

    रामानन्द सागरद्वारा निर्मित ‘रामायण’ टिभी सिरिजमार्फत विश्वव्यापी रूपमा चर्चामा आएका गोविलले ‘पहेली’, ‘सावन को आने दो’, ‘हिम्मतवाला’, ‘आर्टिकल ३७०’ जस्ता थुप्रै फिल्ममा पनि अभिनय गरेका छन् । हालै सार्वजनिक भएको फिल्म ‘आर्टिकल ३७०’मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । उनी सन् २०२४ मा सम्पन्न भारतीय लोकसभा निर्वाचनमा उत्तर प्रदेशको मिरुत क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

    Post Views: 229
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार २१:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.