• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘डबल ट्रिपल’ फागुनमा सर्‍यो, ‘पहाड’ तिहारमा आउने

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १८:१८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नयाँ बर्षकै अवसर पारेर फिल्म ‘डबल ट्रिपल’, ‘पहाड’ र ‘सिटामोल’ ले पनि प्रदर्शन मिति तोकेका छन् । अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’ भ्यालेन्टाइन्स डेको छेको पारेर फागुन १ देखि प्रदर्शनमा आउने भनिएको छ । यसअघि निर्देशक शर्माले फिल्मको नाम सार्वजनिक गर्दै दशैंमा रिलिज गर्ने दाबी गरेका थिए । तर छायांकन नै शुरु नहुँदै रिलिज मिति परिवर्तन गरिसकेका शर्माले फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘दसैंमा धेरै सिनेमाहरु आउने भए, भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् । त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ ।’

    दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहने भनिएको ‘डबल ट्रिपल’ को पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् । ८ वर्षको लामो अन्तरालपछि फिल्म ‘पहाड’ मार्फत् पुनः निर्देशनमा फर्केका तुलसी घिमिरेले पनि वैशाख १ मा नै फिल्मको रिलिज मिति तोकेका छन् । उनले ‘पहाड’ तिहारको भाइटीकालगत्तै कात्तिक ७ देखि दर्शकमाझ आउने घोषणा गरेका हुन् ।

    युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको भनिएको ‘पहाड’ ले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । ‘वितरकसँग छलफल गरेर प्रदर्शन मिति तय गरेका हौँ । विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्न लागेका हौं’ निर्देशक घिमिरेले भने ।

    नेपालको गोरखामा ३६ दिन छायाङ्कन भएको र यही वैशाखमा १० दिन भारतको मुम्बईमा बाँकी छायाङ्कन गरिने निर्देशक घिमिरेले जानकारी दिए । ‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठसँग र ‘चिनो’ पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा आशावादी देखिए ।

    यस फिल्ममा सुनिल, मदनकृष्णसहित विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् । राजबहादुर सानेको निर्देशन रहेको फिल्म ‘सिटामोल’को पनि सोमबार प्रदर्शन मिति घोषणा भएको छ । फिल्मको सोमबार मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन २३ गतेलाई तोकिएको हो ।

    सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहारामा छन् र हातमा रातो भाले समातेका छन् भने सँगै बेनिशा बच्चा बोकेर उभिएकी देख्न सकिन्छ । फिल्मले माओवादी जनयुद्धको कथालाई उठान गरेको बताइएको छ । सौगात जनयुद्धको घाइते योद्धाको चरित्रमा अभिनित छन् भने लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ । ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

    Post Views: 175
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १८:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.