• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १५:०४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सारांश मिडिया ल्याब प्रा.लि.को आयोजनामा ‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न भएको छ । आन्तरिकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले युवाको सक्रियताले पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न सकिने बताए ।

    ‘लोकप्रिय बनिरहेको ट्रेकिङका लागि अहिले काठमाडौँ उपत्यकाका सबैतिर अन्तर्राष्ट्रियस्तरका पदमार्ग छन्, हामीले घुमघाम गर्ने शैलीलाई बढाउनुपर्छ । आफ्नो आन्तरिक पर्यटकीयस्थललाई सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्नुपर्छ । त्यसले हामीलाई नयाँ गन्तव्यका बारेमा जानकारी दिन्छ’, पूर्वमन्त्री साउदले भने ।

    उनले विशेषत सामाजिक सञ्जालमा सक्रिय रहेका ‘कन्टेन्ट क्रिएटर’लाई पर्यटकीय सम्भावना भएका स्थलका विषयमा सामाजिक सञ्जालमार्फत प्रवद्र्धन गर्न आग्रह गरे । महोत्सवका अध्यक्ष क्षितिज दाहालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाललाई चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।

    उनले भने,‘नेपालको सकारात्मक संदेश विश्व माँझ पु-याउन सकिन्छ भन्ने आशय राखेर यो महोत्सवको आयोजना गरिएको हो । हामी हाम्रो ‘कन्टेन्ट क्रिएटर’ मार्फत पर्यटनको नयाँ गन्तव्यको बारेमा जानकारी दिने छौँ ।’

    आयोजित महोत्सवमा इष्टु कार्की, पवन खतिवडा, सिडी विजय अधिकारी, सुजीता श्रेष्ठ, सिता न्यौपाने, नम्रता सापकोटा, हिमेश पन्तलगायतका ‘कन्टेन्ट क्रिएटर’सँगै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा सहभागी थिए । मधेश प्रदेशको समेत प्रतिनिधित्व गर्दै ‘कन्टेन्ट क्रिएटर’ इष्टु कार्कीले नेपाल घुमघामका क्रममा विभिन्न स्थानको प्रवद्र्धन गरिरहेको बताइन् ।

    ‘मेरो घर मधेशमा भएकाले म त्यहाँ पुग्दा जनकपुरको जानकी मन्दिर, बाराको गढि़माइ मन्दिर, बरमझियाको पेडालगायत प्रवद्र्धन गरिरहेकी हुन्छु । म लगायत सामाजिक सञ्जालमा सक्रिय केही साथीले कन्टेन्ट बनाउँदा आर्थिकसँगै समन्वयको समस्या भोगिरहेका हुन्छौं । पर्यटन बोर्डसहितका स्थानीय निकायले सहकार्य गरेर न्यून गरिदिएमा हामीले अझैँ प्रवद्र्धन गर्न सक्छौँ । मसहित धेरै साथी सहकार्य गर्न तयार छौँ ।’

    महोत्सवमा टेक्सस अन्तर्राष्ट्रिय विद्यालयका विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    Post Views: 136
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १५:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.