• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘थ्रील कम, एक्सन ज्यादा’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार २०:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । घाइते बाघले झन् ठूलो आक्रमण गर्छ । बाघलाई जंगलको राजा भनिन्छ । जंगली जनावरमा उसको राज चलेपनि बाघ नायक भने हैन । उसमा हिंस्रक चरित्र हुन्छ । बाँकी वन्यजन्तुको शिकार गर्नु उसको विशेषता हो ।

    अब आऊ फिल्म पिताम्बरतर्फ । फिल्ममा एक पात्र भन्छन्, घाइते बाघ झन् बलियो हुन्छ । फिल्मका बाघ पात्र हुन्, लीड एक्टर प्रदीप खड्का । पूरा फिल्म तीनै घाइते बाघले गर्ने शिकारमा केन्द्रित छ । ऊ कसरी घाइते भएको हो ? के कारणले झन् बलियो भएको छ ? उसका शिकार को हुन् ? शिकार किन र कसरी गर्छ ? यिनै सवालका जवाफ लिएर कृषा चौलागाईं निर्देशित फिल्म पिताम्बरसहित दर्शकमाझ आएकी छन् ।

    कथा प्रतिशोधको हो । लेखक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले फिल्मको कथा उत्पातको उठाएका होइनन्, तर जे जस्तो कथा छ, त्यसमा पटकथालाई रोचक बनाउने प्रयास भने निर्देशक कृषाले गरेकी छन् । बाउको ठेगान नहुँदा हेपिएको छोरो बेसहारा आमाले खपेका परपुरुषका हिंसाको साक्षी बनेको छ । एउटा डमरुले बाघको रुप लिईसकेपछि गर्ने बदलाको शिकारको सिलसिला नै पिताम्बर हो । प्रदीपलाई निर्देशकले बाघको चरित्रमा पस्केर एक्सनप्रधान फिल्म पस्कने प्रयास गरेकी छन् ।
    पिताम्बरको टाइम एन्ड सेटअप २०८१ सालको परासीलाई बनाइएको छ । हत्या, हिंसा, तस्करी, अपराधदेखि भ्रष्ट नेता, प्रहरी र गुण्डाराजका लागि फिल्मले मधेश र मधेशी चरित्रलाई रोजेको छ । त्यसो त पछिल्ला फिल्ममा मधेश यो मामिलामा टाइपकास्ट पनि हुँदै गईरहेको छ । यसमा पहाडिया दृष्टिकोण हाबी भएको पनि हुनसक्छ ।

    मल्टिस्टारर फिल्ममा कृषाले निर्देशकीय क्षमता जति देखाएकी छन्, त्यो भन्दा बढि हकदार उनी स्क्रिनप्लेमा देखिएकी छन् । प्रदीपसँगै सौगात, दयाहाङ, अनुपविक्रम, सुरक्षा, प्रमोद, दिव्यदेव, दिव्या, सुपुष्पा, रविन्द्रदेखि स्पेशल अपिअरेन्समा आर्यन सिग्देल, कामेश्वर चौरासिया जस्ता हस्ती कलाकारलाई एउटै फिल्ममा उतारेर मोलेको जोखिमलाई सुझबुझपूर्ण ढंगले व्यवस्थापन गरेकी छन् । सबै मुख्य कलाकारको क्यारेक्टर आर्क देखिने गरी पृथक कथा र लक्ष्य दिन सकेकाले पनि उनिहरु एकअर्काप्रति धेरै हाबी हुन वा खुम्चिन परेको छैन ।

    पूर्ण मनोरन्जनात्मक एक्सन फिल्म बनाउन खोजिएको पिताम्बर अब्बल भने बन्न सकेको छैन । थ्रील कम एक्सन ज्यादा यस फिल्मले भावनात्मक पक्षलाई भने बलियोसँग समात्न सकेको छैन । न्यूटनको चालको तेस्रो नियमले हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ भनेपनि पिताम्बरले एक्सनलाई जसरी जोडतोडले देखाउन खोजेको छ, त्यसको प्रतिक्रियालाई नजरअन्दाज गरिदिएको छ । यसले गर्दा पात्रहरु सजिब कम रोबोटिक ज्यादा लाग्छन् । उनिहरुको कर्म नै मुला काटेसरी मान्छे काट्नु, आफुभन्दा दोब्बर ठूला मेशिन गनले एक सटमा सयौं निर्दोष मान्छे मार्नु, प्रहरीलाई चौकीमा नै गोली हानेर मार्दा वा छेदन गरिएको शीरलाई गाउँको बिचोबिच सुलीमा चढाउँदा पनि त्यसको साइड इफेक्ट न समाज न सुरक्षासंयन्त्रमा नै कतै परेको छ । लाग्छ, पात्रहरु कथा अघि बढाउनका लागि एकपछि अर्को घटना घटाउनका लागि मात्र उद्यत छन् ।

    पिताम्बरमा निर्देशकले कलाकारबाट अभिनयलाई चरित्र अनुरुप मज्जैले खिप्ने प्रयास गरेकी छन् । त्यसो त फिल्ममा प्रायः सबै पात्र डार्क सेडमा छन् । मीरा उर्फ दिव्या, एसपी उर्फ सौगात र डीएसपी राई उर्फ दयाहाङले मात्र दर्शकलाई मारकाटको दुनियाँबाट थोरै भएपनि दर्शकलाई बाहिर लैजान सघाउँछन् । सौगात एसपीको चरित्रका लागि अभिनय, गेटअप र डिक्सन सबैमा सुहाएका छन् । न कसैको दाई, न कसैको भाई इन्सपेक्टर राई भन्दै आफुलाई चिनाउँदै आईपुग्ने दयाहाङले खासै धेरै स्क्रिनस्पेस त पाएका छैनन्, तर देखिएजति दृश्यमा स्वभाविक नै लाग्छन् । फिल्ममा चटनीका रुपमा देखिएकी छन्, दिव्या । हुनतः भूमिकाका हिसाबले उनको चरित्र बलियो र अर्थपूर्ण त छैन, तर झन्डै लभर गर्ल जस्ती लाग्ने मीरा पात्रमा उनको अभिनय, हाउभाउ र लुक्सले दर्शकलाई शितलता दिन्छ । डेब्यू फिल्म एक्टर ः टेकवान नै फ्लप भएपछि दर्शकले उनको अभिनय क्षमता खासै देख्न पाएनन् । तर यस फिल्म हेर्ने दर्शकका लागि दिव्या अभिनेत्रीको पंक्तिमा लामो दौडको घोडा हुनसक्नेछिन् भन्ने विश्वास लाग्न सक्छ ।

    अन्य कलाकारको पनि अभिनय प्रशंसनीय छ । दिव्यदेव खलपात्रमा जमेका छन् भने प्रमोद सधैं झैं आफ्नो भिलेन चरित्रको छवीमा बलियो देखिएका छन् । बरु स्क्रिनस्पेश र अह्म भूमिकाका हिसाबले तुलनात्मक रुपमा प्रदीपले आफ्नो चरित्रलाई अझ सशक्त बनाउने ठाउँ छोडेको देखिन्छ । आमा, युवती र भिलेनसँगका छुट्टाछुट्टै सम्बन्धको तहगत अभिनयमा उनी अझै गहिराईसम्म पुग्ने कोशिस गरेको भए सुनमा सुगन्ध हुन सक्थ्यो ।

    त्यसबाहेक फिल्मको प्राविधिक पक्ष समकालीन नेपाली कर्मशियल फिल्मको भन्दा बलियो छ । पुरुषोत्तम प्रधानले छायांकनका लागि राम्रै मिहिनेत र क्षमता लगाएको देखिन्छ । फिल्मको बीजीएम केही लाउड भएपनि एक्सन जनराका लागि उपयुक्त राखिएको छ । गीत र यसको कोरियोग्राफी नै ठीकठाक छ ।
    अन्तमा, पिताम्बर एक्सन जनरामा बनेका नेपाली फिल्ममा एउटा शसक्त उपस्थिती हो । तर फिल्मकर्मीले बुझ्नुपर्ने कुरा, जुनसुकै विधा रोजेपनि फिल्मको आत्मा कथा हो र त्यसको प्रस्तुती कति बलियो छ, त्यसै अनुसार आत्मा धड्किने हो ।

    जनराले फगत कथा, प्रस्तुतीमा सौदन्र्य थप्ने मात्रै हो । अर्थात्, एक्सन जनराको फिल्ममा बलियो कथा र सुझबुझपूर्ण प्रस्तुती हुन सकेन भने रेस्लिङ हेरेको भन्दा बढि नलाग्न सक्छ । यसमा निर्देशक कृषाले आगामी दिनमा अझ बढि ध्यान दिने नै छिन् । किनभने निर्देशनमा भर्खर भर्खर पाइला चाल्दै गरेकी उनले मल्टिस्टारर पिताम्बरमा जति ठूलो क्यानभास देखाएकी छन्, मुलकथालाई नबहकाउने गरी उपकथाको संयोजन गरेकी छन्, एकसेएक कलाकारलाई चरित्रमा जसरी डुबाएकी छन्, स्वाग निकालेकी छन् गतिलै प्रशंसाको हकदार छिन् ।

    शैली समीक्षा : पिताम्बर
    निर्देशक : कृषा चौलागाईं
    लेखक : प्रदीप भारद्वाज र अभिमन्यु निरवी
    कलाकारहरु : प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, दिव्यदेव पन्त, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, रविन्द्र झा, गौरी मल्ल, आर्यन सिग्देल ।

    Post Views: 386
    • PITAMBAR
    • Pitambar Review
    • पिताम्बर
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार २०:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.