• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कहिले निर्देशक बन्छन् दया ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २, मंगलवार ०७:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली फिल्म क्षेत्रका कुशल अभिनेता दयाहाङ राई अभिनयसँगै रंगमञ्चमा चिनिएका नाम हुन् । रंगमञ्चमा उनले प्रस्तुती दिनुका साथै नाटक निर्देशन र निर्माण गरेका छन् । सोही कारण पनि उनले फिल्म निर्देशन गर्ने चर्चा बेलाबखतमा चल्ने गरेको छ । उनले आफ्नै नाटक ‘डिग्री माइला’ मार्फत ठूलो पर्दामा निर्देशकका रुपमा डेब्यु गर्ने चर्चा चलेको थियो । तर, उक्त शिर्षकमा उनकै मित्र निर्देशक रामबाबु गुरुङले फिल्म निर्देशन गरे ।

    उनले निर्देशक बन्ने आट किन सकेका छैनन् त ? यसको लागि योजना बनेपनि सहि समय नआएको अभिनेता राईको बुझाइ छ । उनले फिल्म निर्देशन गर्ने योजना भने बनाएका छन् । ‘दुई वटा फिल्म निर्देशन गर्ने सोच छ, त्यो गर्छु होला । अहिले म अभिनयमै व्यस्त छु । तर, केही फरक र भन्नै पर्ने कथा भेटे भने निर्देशनमा हात हाल्नेछु’, उनले भने।

    उनी रंगमञ्चमा सिकेको सीपलाई निर्देशनमा प्रयोग गर्ने सोचमा छन् । निर्देशन गर्ने फिल्म कलात्मक हुन्छ कि व्यावसायिक भन्ने प्रश्नले उनलाई पनि सोच्न बाध्य बनाउँछ । तर, उनि यसलाई विषय छनोटपछिको कामको रुपमा बुझेर पन्छ्याउने गरेका छन् ।

    उनले अभिनय गरेका फिल्ममार्फत सबै दर्शक सबै दर्शकसम्म पुग्न प्रत्यन गरिरहेको महसुस हुन्छ । ‘लूट’ मार्फत परिचित बनेका अभिनेता राईले ‘कबड्डी’ ,‘जारी’, ‘सेतो सुर्य’, ‘गाउँ आएको बाटो’, ‘दयारानी’, ‘घर ज्वाईं’,’राजागञ्ज’ जस्ता कलात्मक र व्यावसायिक फिल्ममा काम गरेका छन् । यी फिल्मले उनमा भिन्नता ल्याउन सघाएको छ ।

    Post Views: 281
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार ०७:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.