• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘रोमान्टिक शैलीको गीत घटे’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १२:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली फिल्ममा गीतसङ्गीत सधैं महत्त्वपूर्ण मानिँदै आएको छ । दर्शकलाई हलसम्म तान्न गीतसङ्गीतले ठूलो भूमिका खेलेको धेरै उदाहरणहरू छन् । विशेष गरी रोमान्टिक भावमा तयार गरिएका गीतहरूले दर्शकको मन जित्दै आएका छन् । तर, पछिल्ला केही समययता फिल्ममा प्रेमिल गीतको उपस्थिति पातलिँदै गएको देखिएको छ ।

    यसै सन्दर्भमा चर्चित सङ्गीतकार अर्जुन पोखरेलले पछिल्लो समय रोमान्टिक गीत निर्माणमा कमी आएको स्पष्ट पारेका छन् । उनको भनाइ अनुसार, प्रेम कथानक फिल्म कम बन्न थालेसँगै प्रेम भाव झल्काउने गीतहरू पनि घटेका हुन् ।

    ‘केही समय यता प्रेम भाव व्यक्त गर्ने रोमान्टिक गीत कम बन्नुको कारण सामाजिक विधामा आधारित फिल्म बढी बनिरहेका छन् । फिल्मकै कथा अनुसार गीत निर्माण हुने भएकाले त्यस्ता गीत कम भएका हुनसक्छन’, सङ्गीतकार पोखरेलले भने ।

    सङ्गीतकार पोखरेलले केही सिङ्गल ट्रयाकका रुपमा रोमान्टिक शैलीका गीत आएता पनि फिल्ममा भने रिक्तता महसुश भएको उनको बुझाइ छ । उनले थपे,‘सामाजिक विषयवस्तुमा केन्द्रित फिल्ममा कथावाचन प्राथमिकता हुन्छ । त्यसैले गीतसङ्गीतलाई सन्देशमूलक वा परिस्थितिजन्य बनाउने प्रवृत्ति बढेको छ, जसले गर्दा रोमान्टिक शैलीको गीत कम भएका हुन् ।’

    उनको बुझाइमा यो प्रवृत्ति लामो समय टिक्ने अवस्था भने छैन । नेपाली फिल्मको इतिहास हेर्दा पनि लोकप्रिय फिल्महरूमा गीतसङ्गीतको भूमिका अग्रणी रहँदै आएको छ । गीतले कथा भन्न, भावनात्मक सम्पर्क जोड्न र दर्शकको स्मृतिमा फिल्मको छाप बसाउन मद्दत गर्छ ।

    Post Views: 176
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १२:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.