• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दश करोड क्लबमा चार फिल्म

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १४:४८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गएको वर्ष २०८१ लाई फिल्मकर्मीले सम्झिने एउटा कारण ‘पूर्णबहादुरको सारङ्गी’ हो । घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) गरेर उच्च कारोबारको इतिहास रच्न सफल भएको वर्ष-२०८१ स्मरणयोग्य एवं सुखद बनाएको छ । यो फिल्मसँगै चार फिल्मले दश करोडभन्दा बढीको व्यापार (ग्रस) गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा रहेको तथ्यांकअनुसार ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ ले पनि आफूलाई दश करोड क्लबमा पार्न सफल भएका हुन् ।

    विसं २०८१ वैशाख १४ देखि प्रदर्शनमा आएको केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ ले राम्रो व्यापार गर्न सफल भयो । फिल्ममा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सांगीतिक रुपमा सफल हुँदा त्यसको प्रभाव व्यापारमा पनि प्रत्यक्ष प¥यो । रंगकर्मी सुलक्षण भारतीको पहिलो फिल्म निर्देशन र केकी मुख्य भूमिकामा रहेको फिल्म भएकोले पनि ‘बोक्सीको घर’ लाई प्रदर्शन पूर्व यसलाई कम आँकिएको थियो । तर, यसले देशभित्र र बाहिर गरेको व्यापार भने अकल्पनीय रह्यो ।

    ‘बक्सअफिस’को तथ्याङ्कअनुसार यसको घरेलु बजारमा रु १० करोड २ लाखको व्यापार भएको छ । यसको सफलताको श्रेय गीतसङ्गीत र विषयवस्तुलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–-५’ ले दर्शकको राम्रो साथ पायो ।

    ‘बक्सअफिस’को तथ्याङ्कअनुसार ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख र ‘छक्कापञ्जा – ५’ ले १५ करोड २० लाख रुपैयाँ को व्यापार गरेको छ । अन्य फिल्मको व्यापार बढेता पनि शृङ्खलाबद्ध रुपमा आइरहेको ‘छक्का पञ्जा’ को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ ।

    Post Views: 162
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १४:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.