• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

दश करोड क्लबमा चार फिल्म

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १४:४८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गएको वर्ष २०८१ लाई फिल्मकर्मीले सम्झिने एउटा कारण ‘पूर्णबहादुरको सारङ्गी’ हो । घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) गरेर उच्च कारोबारको इतिहास रच्न सफल भएको वर्ष-२०८१ स्मरणयोग्य एवं सुखद बनाएको छ । यो फिल्मसँगै चार फिल्मले दश करोडभन्दा बढीको व्यापार (ग्रस) गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा रहेको तथ्यांकअनुसार ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ ले पनि आफूलाई दश करोड क्लबमा पार्न सफल भएका हुन् ।

    विसं २०८१ वैशाख १४ देखि प्रदर्शनमा आएको केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ ले राम्रो व्यापार गर्न सफल भयो । फिल्ममा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सांगीतिक रुपमा सफल हुँदा त्यसको प्रभाव व्यापारमा पनि प्रत्यक्ष प¥यो । रंगकर्मी सुलक्षण भारतीको पहिलो फिल्म निर्देशन र केकी मुख्य भूमिकामा रहेको फिल्म भएकोले पनि ‘बोक्सीको घर’ लाई प्रदर्शन पूर्व यसलाई कम आँकिएको थियो । तर, यसले देशभित्र र बाहिर गरेको व्यापार भने अकल्पनीय रह्यो ।

    ‘बक्सअफिस’को तथ्याङ्कअनुसार यसको घरेलु बजारमा रु १० करोड २ लाखको व्यापार भएको छ । यसको सफलताको श्रेय गीतसङ्गीत र विषयवस्तुलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–-५’ ले दर्शकको राम्रो साथ पायो ।

    ‘बक्सअफिस’को तथ्याङ्कअनुसार ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख र ‘छक्कापञ्जा – ५’ ले १५ करोड २० लाख रुपैयाँ को व्यापार गरेको छ । अन्य फिल्मको व्यापार बढेता पनि शृङ्खलाबद्ध रुपमा आइरहेको ‘छक्का पञ्जा’ को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ ।

    Post Views: 23
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १४:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.