• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki saugat malla Dinesh Dc Miruna Magar Rajesh Hamal Kala Saili Gallery Film Development Board Nepal

‘केही समय ब्रेक लिन्छु’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १३:४८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा फिल्म निर्माणको अनुपातमा अब्बल कलाकार कम भएको गुनासो सुनिने गर्छ । थुप्रै निर्माता, निर्देशक हातमा स्क्रिप्ट र बैंकमा रकम डिपोजिट गरेर कलाकार अनुबन्धदेखि अनुबन्ध भएकाको डेट मिलाउन महिनौं पर्खनुपर्ने बाध्यता छ । तर बाध्यता स्वयं कलाकारको पनि छ । चरित्र बाँच्न सक्ने वा अभिनयमा पारंगत कलाकारका लागि फिल्म खेल्ने समय मिलाउन त हम्मे हम्मे छ नै, फिल्म रिलिजका समय प्रचारप्रसारमा हिंड्न पनि उस्तै सकस । गत शुक्रबारदेखि यस्तै सकस झेलिरहेका छन्, अभिनेता दिव्यदेव पन्तले । उनी अभिनित दुई फिल्म पिताम्बर र कर्मा चैत २९ देखि एकसाथ प्रदर्शनमा आएपछि यी अभिनेतालाई भ्याईनभ्याई भएको हो ।

    यो नेपाली चल्तीका कलाकारका लागि कुनै अनौठो कुरा त हैन । राजेश हमालदेखि अहिलेका दयाहाङ राई यस्ता कलाकार हुन्, जसका फिल्म नै प्रायः एकापसमा भिडेको बढि पाईन्छ । गत फागुन २९ देखि प्रदर्शनमा आएको ‘अञ्जिला’ र त्यसको भोलीपल्ट रिलिज भएको ‘राजागञ्ज’ दुवैका अभिनेता दयाहाङ बक्सअफिसमा आफैंसँग भिडिरहेका थिए । विदेशी फिल्म फेष्टिभलमा पहिल्यै प्रशंसा बटुलिसकेको ‘राजागञ्ज’ले घरेलु दर्शकलाई हलसम्म खासै तान्न नसकेपनि बायोपिक ‘अञ्जिला’ ले भने सुखद व्यापार गर्यो ।

    ‘आवरण’ मार्फत् फिल्मी यात्रा थालेपनि दिव्यदेव पन्त आम दर्शकमाझ चिनिन थालेको एक वर्ष मात्रै भयो । २०८० चैत ९ मा रिलिज भएको ‘महाजात्रा’पछि नोटिसमा परेका उनी ‘एक्टर : टेक वान’मा पनि देखिए । यतिबेला फुटकर पात्र, चरित्रबाट आफुलाई स्थापित गर्दै लगिरहेका दिव्यदेवले फिल्म अभिनयको यात्रा भने मुख्य अभिनेताका रुपमा ‘रुदाने’बाट गर्न खोजेका थिए । थाहा अभियानकर्मी रुपचन्द्र विष्टको जीवनीमा आधारित उक्त फिल्ममा उनी विष्टकै मुख्य भूमिकामा थिए । झन्डै १० वर्षदेखिको उक्त फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा अड्किरहेको छ ।

    छोटो समयमा नै व्यस्त बन्दै गईरहेका दिव्यदेव गत सातादेखि भने बक्सअफिसमा आफुसँग आफैं भिडिरहेका छन् । अर्थात्, उनी प्रहरीको भुमिकामा रहेको ‘कर्मा’ र खलपात्रको भुमिकामा रहेको ‘पिताम्बर’ यतिबेला व्यवसायिक प्रतिष्पर्धामा छन् । नाटक हुँदै फिल्म अभिनयमा छिरेका दिव्यदेवले एकसाथ आफ्नै फिल्मको भिडन्तलाई पहिलोपटक महसुस गरेका हुन् ।

    ‘मेरा दुई फिल्म एकसाथ प्रदर्शन भएको पहिलोपटक हो । दुवैमा मैले आफू देखिने भन्दा पनि पात्रलाई पर्दामा ल्याउने कोसिस गरेको छु । अभिनेता म भएपनि पर्दामा देखिने पात्र फरक भएकाले दर्शकले त्यहाँ दिव्य नभई त्यस फिल्मको पात्र नै पाउनु हुनेछ’, अभिनेता पन्तले भने ।

    कथालाई लिड गर्ने पात्रमा मात्र आफूलाई सोच्ने यिनी अहिले कथालाई अगाडि बढाउने पात्रमा आफूलाई प्रस्तुत गर्न ’कन्भिन्स’ गरे । फलतः उनी अहिले अधिकांश निर्माता, निर्देशकको रोजाईमा पर्ने गरेका छन् । तर, टाइप कास्ट हुन्छु कि भन्ने डर पनि उनलाई छ ।

    ‘अभिनेताले सबै किसिमको फिल्ममा काम गर्नुपर्छ भन्ने लागेर नै मैले आफूलाई ‘एक्सप्लोर’ गरिरहेको छु । व्यावसायिक होस् वा कलात्मक म आफ्नो पात्रलाई जीवन्त र भिन्न बनाउन कोसिस गरिरहेको हुन्छु । हरेक विधाको फिल्ममा काम गर्दा यसले मेरो अभियान यात्रामा अनुभव थप्छ भन्ने विध्वास छ, तर आफ्नै कामको मुल्यांकन गर्न केही समय विश्राम लिने योजनामा छु’, उनले भने ।

    लगातार काम गर्दा त्यसको प्रभाव समीक्षा गर्न नपाउने भएकाले ‘ब्रेक’ लिने योजना बनाएको उनले प्रस्ट्याए ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १३:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव
    सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’
    Advertisement
    ताजा अपडेट
    • १. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • २. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ३. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • ४. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ५. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.