हलिउड । ‘मिसन इम्पोसिबल’ श्रृंखलाको अन्तिम फिल्म मानिएको ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । टम क्रुजले संसारलाई जोगाउन गरिरहेको सङ्घर्षलाई देखाइएको ट्रेलर सार्वजनिक भएसँगै फिल्मको प्रतीक्षा झनै बढेको छ । यो फिल्मबाट सुस्ताएको हलिउडको ब्यापारले पुनर्जीवन पाउने आशा छ ।
यो फिल्ममा क्रुजलाई आइएमएफ एजेन्ट इथन हन्टको रूपमा देख्न सकिन्छ । यो फिल्मको कथा पनि अमेरिका र रुसबीचको तनावको विषयमा आधारित छ । सन् २०२३ मा रिलिज भएको अघिल्लो श्रृंखला ‘डेड रेकोनिङ’मा इथन हन्ट नामक पात्र शक्तिशाली एआई कार्यक्रम ‘द इन्टिटी’लाई रोक्न लागिपर्ने संघर्षमा केन्द्रित थियो ।
क्रूजले ‘द फाइनल रेकनिङ’मा फ्यानले अपेक्षा गर्न सक्ने किसिमको रोमाञ्चक एक्सनको बारेमा पहिले नै चर्चा गरिसकेका छन्, जसमा पानीमुनि पनडुब्बीको दृश्य र उनी विमानबाट झुन्डिएको दृश्य समावेश छ । ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ जेठ ९ (मे २३)मा रिलिज तयारीमा छ ।