हलिउड । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ को प्रतीक्षामा नेपाली दर्शक पनि छन् । ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्ट भयेजले पनि दर्शकको अपेक्षा बढ्नु स्वाभाविक नै हो । अहिलेसम्म जेम्स क्यामरुनको अवतार श्रृंखलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइएको छ । मानिसलाई उपनिवेशकर्ता वा कब्जा गर्ने खलनायकको रूपमा देखाइएको थियो। तर, अब यसको कथा ‘अवतारः फायर एन्ड ऐश’ मा परिवर्तन हुँदैछ ।
भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार निर्देशक जेम्स क्यामरुनले नयाँ फिल्मले पान्डोरा चन्द्रमामा सुली परिवारका लागि नयाँ चुनौती ल्याउने बताएका छन् । ‘अवतारः फायर एण्ड ऐश’ ले निलो नाइ जनताको कथालाई निरन्तरता दिनेछ र फिल्म रिलिज भएपछि दर्शकलाई चकित पार्न सक्ने केही कुरा अगाडि देखाइने छ । साम वर्थिङ्टनले जेक सुलीको भूमिका निभाएका छन् भने साल्दानाले उनकी श्रीमती नेतिरीको भूमिका निर्वाह गरेकी छन् ।
फिल्म यसै वर्षको डिसेम्बर १९ मा विश्वभर रिलिज हुँदैछ । यसको अन्तिम दुई भाग अवतार (२००९) र ‘अवतारः द वे अफ वाटर’ ब्लकबस्टर साबित भइसकेको छ । अब फ्यानहरु तेस्रो भागको प्रतिक्षामा छन् तर यसको प्रतिक्षा पनि यसै वर्ष समाप्त हुनेछ । फिल्ममा जोय सलदाना, सैम वर्थिंगटन, सिगोर्ने वियर और माइकल रोड्रीगज जस्ता कलाकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।