हलिउड । मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) बाट चर्चित २६ सुपरहिरो पात्रलाई समेटेर ‘एभेन्जर्स : डूम्स डे’ फिल्मको घोषणा गरिएको छ । प्रशंसकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको कारण हो रोबर्ट डाउनी जुनियर, जो प्रसिद्ध सुपरहिरो चरित्र ‘आइरनम्यान’को रुपमा चर्चित छन् । उनी यो भूमिकासहित ‘एमसीयू’मा फर्किने पक्का छ । सन् २०२६ मा रिलिज हुने यस फिल्मको निर्माण यसैसातादेखि सुरु हुने जनाइएको छ ।
यसमा क्रिस हेम्सवर्थ ‘थोर’, एन्थोनी म्याकी ‘क्याप्टेन अमेरिका’, सेबास्टियन स्टेन बकी बार्नेस, पल रुड एन्टम्यान र टम हिडलस्टन लोकी जस्ता एभेन्जरको समूहमा देखिनेछन् । यससँगै ‘एक्स-मेन’ फ्रेन्चाइजका नायकलाई पनि ‘एभेन्जर्स’ समूहमा समावेश गरिनेछ ।
‘एभेन्जर्स : डूम्स डे’मा ‘एक्स म्यानका ५ पात्र देखिनेछन् । कथा कमिक्स अनुसार अघि बढ्छ भने, रोबर्ट डाउनी जुनियर सबैभन्दा खतरनाक सुपरभिलेन बन्ने पक्का छ । मे २०२६ मा रिलिज हुने, यो फिल्म पाँचौं ’एभेन्जर्स’ फिल्म हुनेछ र एमसीयूको लागि सन् २०१९ को ‘एभेन्जर्स : एन्डगेम’ पछि पहिलो यस्तो फिल्म हुनेछ ।
यस जुलाईको ‘फ्यान्टास्टिक फोर : फस्ट स्टेप्स ’मा अदृश्य महिला पात्र सु स्टर्मको भूमिकामा अभिनय गर्ने भेनेसा किर्बी पनि यस फिल्ममा देखिने पक्का भएको छ । रिड रिचर्ड्सको भूमिकामा पेड्रो पास्कल पनि देखिनेछन् । ‘साङ् ची’, ‘ब्ल्याक प्यान्थर’ र ‘थन्डरबोल्ट्स’का पात्र पनि यसमा देखिनेछन् ।