• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बोर्डमा लोहनीको स्वागत, खत्रीको विदाई

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार २०:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलिउड । चलचित्र विकास बोर्डले नवनियुक्त सदस्य सन्तोषबाबु लोहनीलाई स्वागत तथा कार्यकाल सकिएका सदस्य राजु खत्रीको विदाई गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको नयाँ सदस्यका रूपमा अभिनेता एवं निर्देशक लोहनीलाई गत चैत १४ गते बिहीबार नियुक्त गरेको थियो ।

    विसं २०४९ मा निर्माण भएको चलचित्र ‘अपमान’ मा अभिनय गरेर कलाकारिता सुरु गर्नुभएका लोहनी निर्देशन तथा निर्माणमा सक्रिय छन् । बोर्डको सदस्यमा नियुक्त भएसँगै उनले चलचित्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारका लागि कार्य गर्ने बताए ।

    यसअघि उहाँ बोर्डअन्तर्गत अन्तरराष्ट्रिय चलचित्र प्रवर्द्धन समितिको सदस्य पनि छन् । बोर्डका अध्यक्ष दिनेश डिसीले नवनियुक्त सदस्य लोहनीलाई स्वागत गर्दै उहाँको अनुभव र योगदान चलचित्र विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    यही चैत ६ गतेदेखि बोर्डमा दुई सदस्य कार्यकाल सकिएपछि रिक्त रहेको पदमा मन्त्रालयले सदस्य लोहनीलाई नियुक्त गरेको हो । यस्तै, चैत १८ मा कार्यकाल सकिने बोर्ड सदस्य खत्रीलाई आज एक कार्यक्रमका बीच बोर्डले विदाई गरेको छ । बोर्डको सय सय ४५ औँ वैठकको अवसर पारेर स्वागत तथा विदाइ गरिएको अध्यक्ष डिसीले जानकारी दिए ।

    उनका अनुसार वैठकले नव नियुक्त सदस्य लोहनीलाई बक्सअफिस प्रणाली कार्यान्वयन, चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, आर्थिक सहयोग सिफारिस र मोफसलका चलचित्र मूल्याङकन तथा छनौट समिति संयोजक बनाएको छ । 

    Post Views: 226
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार २०:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.