कलिउड । गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’ को प्रचार सामग्रीमा यी दुवै ग्रामिण भेषमा देखिएका छन् । सार्वजनिक ट्रेलर तथा गीतमा ग्रामिण पहिरन र शैलीमा देखिएका प्रकाश र स्वस्तिमा नयाँ तस्बिरमा भने सहरिया र रोमान्टिक देखिएका छन् । अघिल्ला प्रचार सामग्री भन्दा भिन्न देखिएका कारण दर्शकले सार्वजनिक नयाँ गीतलाइ नोटिस गरेका छन् ।
निर्माण पक्षले आइतबार सार्वजनिक गरेको ‘हेर्दै आँखामा’ गीतमा स्वस्तिमासँग प्रकाश रोमान्टिक देखिएका छन् । भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन् । निर्देशक समेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत रहेको गीतमा योगेश काजी शाहको संगीत संयोजन छ । गीतलाई केविका खत्रीले निर्देशन गरेकी हुन् ।
फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।