• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘राजनीतिमा आउँदिन, पुस्तक लेख्दैछु’ : मनिषा

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १७:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलिउड । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’ बाट अभिनय सुरु गरेपछि बलिउडमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले नेपाली चलचित्र ‘धर्मा’ मा पनि काम गरिन् । बलिउडबाट विश्वभर आफ्नो अभिनयको छाप छोड्न सफल मनिषाले क्यान्सर जितेपछि जीवनशैली र बुझाइमा परिवर्तन आएको बताइन् ।

    हालै आयोजित ‘सिनेमा संवाद’ मा उनले फेरि नेपाली चलचित्रमा काम गर्न चाहेको बताइन् । उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न चाहन्छु। नेपाली लेखक र निर्देशकले नयाँ र फरक विषय लिएर मलाई प्रस्ताव गर्न सक्छन्। पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैली मैले देखेकी छु।’

    उनले करिअरको सुरुमा नै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न सुझाएको सम्झिइन् । विदेशी चलचित्रको नक्कल गरेर बनाइने चलचित्रले रचनात्मकता नबढाउने उनको ठम्याइ छ। उनले पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै खालका चलचित्रले सफलता पाइरहेको पनि उल्लेख गरिन् ।

    ‘मैले पहिले भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन्। म खुसी छु, किनकि कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय महोत्सवमा पुर्‍याएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेका छन्। यो चलचित्रकर्मीका लागि खुसीको कुरा हो,’ उनले भनिन् ।

    मनिषाले अभिनय गरेको पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ ले धेरै चर्चा कमायो। भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको यो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो। उनले भन्सालीसँग ‘खामोसी’ पछि २८ वर्षपछि दोस्रो पटक सहकार्य गरेकी थिइन् ।

    उनले भनिन्, ‘भन्सालीले दिएको भूमिकालाई जीवन्त बनाउन मैले कुनै कसर बाँकी राखिनँ। उर्दु बोल्नुपर्ने भएकाले भाषा विज्ञसँग लवज सिकेर काम गरेँ।’

    कार्यक्रममा उनले राजनीतिमा आउने वा चलचित्र निर्माण गर्ने योजना नभएको बताइन् । हाल उनी एउटा पुस्तकमा काम गरिरहेकी छन् ।

    Post Views: 441
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १७:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.