• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

रङ्गमञ्च हुँदै रङ्गीन पर्दा

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १६:५७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    रङ्गमञ्च । केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ । हालै ‘रङ्गमञ्चबाट रङ्गीन पर्दा’ शिर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रङ्गमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्नुका साथै कामप्रतिको सम्मान बढाउन तथा अनुशासन सिकाउने बताए।

    ‘अभिनय पढ्नैपर्ने विधा, यसमा अध्यन नभए राम्रो कलाकारिता गर्न सकिँदैन भन्ने मेरो बुझाइ छ । यसले रङ्गमञ्चबाट ठूलो पर्दामा जान मद्दत गर्नुका साथै अभिनयमा विविधता ल्याउन मद्दत गर्छ । रङ्गमञ्चलाई छाडेरभन्दा पनि साथै राखेर रङ्गीन पर्दामा पुग्नेहरू दीर्घायु हुन्छन्’, अभिनेता अग्रहरीले भने ।

    छलफलका क्रममा उनले आफ्नो नाटकघर हुँदै चलचित्र भवनसम्मको यात्राका विषयमा समेत चर्चा गरे । छलफलमा सहभागी अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रङ्गमञ्च दुवै माध्यममा सङघर्ष र निरन्तरता आवश्यक रहेको बताइन् ।

    ‘रङ्गमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो, किनकि यहाँ आएर अभिनय सिकेका अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बन्नुभएको छ । तर, चलचित्रमा काम गर्छु भनेर नाटकघर आउनेभन्दा नाटकमा काम गर्ने चलचित्रमा स्थापित हुनुभएको छ । त्यसैले हामीले नाटक हुँदै चलचित्रमा पुग्नुभएका कलाकारको सफलतासँगै उहाँहरुले गर्नुभएको सङ्घर्षलाई बुझ्नु जरुरी छ, त्यसले हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छ’, उनले भनिन् ।

    अभिनेत्री गिरीले रङ्गमञ्च नै सपना बोकेर आएका आफ्ना पुस्ताका कलाकार मेहनत र निरन्तरताकै कारण आज चलचित्रमा पुग्न सफल भएका बताइन् ।अभिनेता तथा नाट्यकर्मी बुद्धि तामाङले रङ्गमञ्च अभिनयमा आफ्नो भविष्य देख्नेलाई बाटो देखाउने माध्यम बनेको बताए । उनले नाटक र चलचित्रको माध्यम फरक भएकाले त्यसलाई एउटै आँखाले हेर्न नहुने बताए ।

    ‘नाटकमा हामी आफैँले सबै काम गर्छौँ, त्यहाँ हामीलाई निर्देशक गर्ने कोही हुँदैनन् । तर, चलचित्रमा हाम्रो भावलाई निरन्तरता दिन वा हाम्रो अभिनय क्षमतालाई हेर्न क्यामेरा पछाडि धेरै बस्नुहुन्छ । त्यसकारण यी दुवै माध्यममा मेहनत गर्न सक्नेका लागि सहज र काम गर्न नसक्नेका लागि असहज बनिरहेको छ’, अभिनेता तामाङले भने । उनले चलचित्रमा काम गर्ने उद्देश्यले भन्दा पनि अभिनय क्षमतालाई मापन गर्ने सङ्कल्प लिएर नाटकघरमा आउन आग्रह गरे ।

    छलफलमै रहेकी नाट्यकर्मी सृजना अधिकारीले यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘सतिदेवी’ मा अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । तीन सन्तानको आमाको भूमिकामा देखिएकी अभिनेत्री अधिकारीले माध्यम फरक भए पनि अभिनयका हिसाबले चलचित्र र नाटकमा उस्तै तयारी गर्नुपर्ने अनुभव सुनाइन् ।

    ‘नाटकमा हामीले आफ्नो अभिनयसँगै आफ्नो सम्पूर्ण आवश्यक तत्वलाई मिलाउनुपर्छ भने चलचित्रमा त्यसलाई विचार गर्ने धेरै व्यक्ति हुन्छन् । मलाई चाहिँ जति आफू प्रक्रियामा संलग्न भयो त्यति नै राम्रो लाग्छ, त्यही भएर म नाटकमा काम गर्न सहजता महसुस गर्छु’, उनले भनिन् ।

    अभिनेत्री गिरीले चलचित्रसँगै रङ्गमञ्चमा समय छुट्याउने गरेको बताइन् । उनले एक वर्षमा तीनदेखि ६ महिनासम्मको समय नाटकलाई दिन्छिन् । त्यसकारण उहाँले आफ्नो भूमिका सानो वा छोटोभन्दा पनि प्रभावकारिता हेरेर चलचित्रमा काम गर्ने गरेको बताइन् ।

    “मेरो लागि कथामा पात्रको आवश्यकता महत्त्वपूर्ण हुन्छ, त्यो पर्दामा देखिने समयले मलाई फरक पार्दैन । त्यसैले मैले आफ्नो उमेरभन्दा बढी उमेर हुनुभएका कलाकारको आमाको भूमिका पनि गरेकी छु भने कुनै चलचित्रमा छोटो समय पनि देखिएकी छु । हामीले पात्रलाई जीवन्त बनाउन सकेको खण्डमा त्यसको लम्बाइले असर गर्दैन”, उनले भनिन्। अभिनेत्री गिरीले नाटकमा महिलाको भूमिका सशक्त रहने उल्लेख गर्दै चलचित्रमा समानता ल्याउन लेखकको महत्त्वपूर्ण दायित्व रहनेमा जोड दिइन्। अभिनेता तामाङले आफूले निर्वाह गर्ने हरेक पात्र महत्त्वपूर्ण लाग्ने बताए । नाट्यकर्मीले रङ्गमञ्चबाट ठूलो पर्दामा गएकाहरूले अभिनयमा निरन्तरता दिन सक्नेमा जोड दिएका थिए ।

    Post Views: 85
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १६:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.