• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai saugat malla Bipin Karki Kala Saili Music Dinesh Dc Miruna Magar Rajesh Hamal Film Development Board Nepal

चलचित्रमा नयाँ पुस्ता

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १६:३६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलिउड । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे । उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए ।

    नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृङ्खलालाई जान्छ । प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’ बाट चलचित्रमा ‘डेब्यु’ गरेका अभिनेता अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत अहिले स्थापित बनिसकेका छन् । कुनै समय नयाँ कलाकारलाई चलचित्रमा ल्याउन ‘होस्टेल’ शृङ्खला उपयुक्त मानिन्थ्यो । तर, विविध कारणले यसको दोस्रो शृङ्खलापछि तेस्रो बन्न धेरै समय लाग्यो । ‘होस्टेल रिट्न्स’ प्रदर्शन भएको एक दशकपछि यसको तेस्रो शृङ्खला ‘होस्टेल ३’ तयार भएर गत फागुन २३ मा प्रदर्शन भयो ।

    यसपटक चलचित्र निर्माण, निर्देशनदेखि अभिनय गरेका कलाकार नयाँ छन् । विशेषतः यसलाई ‘नयाँ पुस्ता’ को चलचित्र भन्न सकिन्छ । यस चलचित्र ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा प्रारम्भ गरेका पदम तामाङ भारतको सिक्किममा बसोबास गर्छन्। आफ्नै ‘युट्युब च्यानल’मार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहेका तामाङले ती सब छाडेर चलचित्रमा अभिनय रोजे ।

    ‘मलाई बेलाबखतमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ । साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो । अर्थात् हाम्रो राम्रो दिन सुरु भएको थियो । त्यही भएर ती सब छाडेर, सिक्किम छाडेर नेपाल आएर चलचित्रमा अभिनय गर्ने आँट आएको थिएन’, अभिनेता तामाङले भने।

    यद्यपि ‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उनका सबै सहकर्मी र परिवारले समेत नयाँ यात्रा सुरू गर्न प्रोत्साहन गरे । सोही कारण उनले पुरानो परिचयलाई चट्ट छाडेर नयाँ परिचयको सुरुआत गरेका छन् । यस्तै, कथा अभिनेत्री सिम्रन पन्तको पनि रहेको छ । विद्यालयमा अभिनय गर्दा कहिले एक्लै चलचित्र हेर्न समेत नपाएकी उनी अहिले चलचित्रमा अभिनेत्री बनेकी छिन् ।

    बेलाबखतमा परिवारसँग चलचित्र भवन पुग्दा उनलाई खुसी मिल्ने रहेछ, सोही कारण उनले उच्च शिक्षासँगै कलात्मक पाटोलाई समेत बढाउँदै लागिन् । फलतः ‘अडिसन’मार्फत उनी अभिनेत्रीका रुपमा छानिन् ।

    ‘मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ । तर, यसअगाडि केही चलचित्रमा काम गर्ने तय भए तापनि त्यो बनेनन्, त्यसकारण प्रस्ताव आउनु नयाँ थिएन । होस्टेलको तेस्रो शृङ्खला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ । मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन’, अभिनेत्री पन्तले भनिन्।

    उनी खुसी हुनुको कारण अभिनेता तामाङ झैँ ‘होस्टेल’ शृङ्खलाको दर्शक भएर हो । उमेरले चालिस पुगेका कलाकारहरुको भीडमा आफ्नै पुस्तालाई चलचित्रमा पाउँदा अभिनेत्री पन्त दङ्ग परिन् । किनकि युवाको होस्टेल जीवन मात्र नभई ‘टिन एज’ मा आउने उतारचढाव समेत चलचित्रमा समावेश गरिएको थियो । या भनौँ तन्नेरी पुस्ताको कथा र व्यथा चलचित्रमा थियो । तेस्रो शृङ्खला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रुपमा परिचय बनाएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत भए ।

    ‘प्रस्ताव गरिएको पात्र आफू झैँ लाग्नाका साथै आफ्नै जस्तोको कथा लागेपछि चलचित्रमा काम गर्ने सोच बनाएको हुँ । फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो । म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु । म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर । आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ’, अभिनेता ठकुरीले भने।

    उनलाई चलचित्रमा काम गर्न सहज लाग्नाका कारण नै आफ्नै जस्ता र उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ । सबै नयाँ र उस्तै उमेर समूहको भएकै कारण सजिलै चलचित्र बन्यो । सामाजिक सञ्जाल वा निःशुल्क दर्शकले रुचाउनु भए तापनि ठूलो पर्दामा हेर्न आउने हो कि होइनन् भन्ने डर त सबैलाई छ । तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन् । यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्ने अर्का कलाकार हुन्, आशिष घिमिरे । छ वर्षको उमेरदेखि हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गर्नुभएका अभिनेता घिमिरे कलाकार केदार घिमिरेका छोरा हुन् ।

    बुबा टेलिशृङ्खला र चलचित्रमा स्थापित भए तापनि अभिनेता घिमिरेले केही साङ्गीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गर्नाका साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिके । उनले केही सडक नाटक, नाट्यकर्मी पोखरेलको निर्देशनमा तयार भएको ‘गच्छामि’ नामक नाटक र रामभजन कामतले निर्देशन गर्नुभएको ‘काल’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा अभिनय गरे ।

    अभिनेता घिमिरेसँगै अन्य तीन कलाकारको पनि पहिलो चलचित्र भएकाले नर्भस, उत्साह र डर सबैमा थियो । एकआपसमा घुलमिल हुनाका साथै कार्यशाला (अभिनय प्रशिक्षण) गरे तापनि छायाङ्कनको पहिलो डर सबैमा थियो । किनकि यहाँ आफ्नो कारणले चलचित्र निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्थ्यो ।

    ‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक नपाएको अभिनेत्री पन्तले बताइन् । नयाँमा सबै उस्तै हुने वा उही मनोविज्ञान हुने भएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो । त्यही ऊर्जाले उनीहरूलाई छायाङ्कन गर्ने दृश्यमा आफ्नो पात्रलाई जीवन्त बनाउन मदत गर्‍यो ।

    चलचित्रमा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि छन् । पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमा दिएका छन् । दर्शक प्रतिक्रियाकै कारण अभिनेता तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा छन् । यसअगाडिका ‘होस्टेल’ का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनाका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो । ‘होस्टेल ३’ को व्यापार र चर्चाले यसमार्फत चलचित्रमा भित्रिएका नयाँ पुस्ताको भविष्य उज्वल देखिएको छ ।

    Post Views: 111
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १६:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कुसुमले गरिन् टिकाटालो
    ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न
    ‘जारी २’को पाँचथरबाट छायांकन सुरु
    ताजा अपडेट
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. पुनमलाई ‘तिमी मेरो प्राण हौ…’ भन्दै सनम

    • ३. ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न

    • ४. ‘जारी २’को पाँचथरबाट छायांकन सुरु

    • ५. ‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

    चर्चित
    • १. ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया

    • ४. रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

    • ५. किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.