• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

उत्कृष्ट दशमा पुग्नेलाई पनि तीन–तीन लाख पुरस्कार दिने घोषणा

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १६:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैंया पुरस्कार दिने घोषणा गरिएको छ । नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्‍याएकोमा गायन र नृत्य विद्यालयका शिक्षक शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गरेका हुन् ।

    विश्वभरका नेपाली जातिका १२०–१२० प्रतिभाका बिच अन्तिम प्रतिष्पर्धा हुने यी दुबै शोहरुमा टप १० सम्म पुग्ने प्रतिभा नेपाली समुदायका लागि सम्मानित व्यक्तित्व बनिसक्ने हुँदा उनीहरुलाई सम्मान गर्न हरेकलाई तीन–तीन लाख रुपैंयाले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए ।

    मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को काठमाडौं अडिसनको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली संस्कृतिको पुस्तान्तरणमा गायन र नृत्यका प्रशिक्षण केन्द्रहरू तथा विद्यालयहरूले उल्लेख्य योगदान गरेको सन्दर्भलाई उल्लेख गर्दै आयोजक संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले सांस्कृतिक राष्ट्रवादलाई मुलुकको सीमाले बाँध्न नसक्ने उल्लेख गरे।

    नेपाली संस्कृतिमाथि विदेशी अतिक्रमणको क्रम तीव्र भएको सन्दर्भ उल्लेख गर्दै उनले आफ्‌नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्ताहरूमा पुर्‍याउने अभियानले नेपाली जातिको सांस्कृतिक राष्ट्रवाद अझ मजबुत हुने धारणा राखे । आफू भुटानमा जन्मेर आफ्‌नै पितृ भूमि नेपालमा १७ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर जीवन बिताउनु परे पनि नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन आफ्‌नो संस्थाले गायन र नृत्यका दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सञ्चालन गरिरहेको बताए ।

    नेपाली संस्कृतिका प्रतिभाहरू जन्माउने र उनीहरुलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकहरूमा अभार व्यक्त गर्दै यो पुनित कार्यमा राज्यले साथ सहयोग निरन्तर दिनु पर्ने उनको धारणा थियो । नेपाली संस्कृतिको पुस्तान्तरणका लागि इन्ट्रा फाउण्डेसनले अमेरिकाका सात वटा शहरहरुमा नेपाली लोक, शास्त्रीय सङ्गीत र नृत्यका कक्षाहरू अनवरतरुपमा सञ्चालन गरिरहेको र ती कक्षाहरूका ११ सयभन्दा बढी नेपाली मूलका बालबालिकाहरू अध्ययनरत रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

    नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाली संस्कृतिको जगेर्नाका लागि फाउण्डेसनले गरेको योगदान उल्लेख्य रहेको बताए । आफूहरूले पनि यसरी नै गर्ने सोचाइ बनाएको भए पनि विविध कारणले यो हालसम्म सम्भव नभएको बताउँदै आफूले कमाएको सम्पत्ति नेपाली कला, संस्कृतिको विकासका लागि लगाउने फाउन्डेसनको कार्यप्रति आफूले नमन गर्न चाहेको सुनाए ।

    यी दुबै शोले विश्वभरका नेपाली जातिका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार, अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया, जापान, हंगकंग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगन्ज, बिर्तामोडलगायतका ठाउँहरूमा दुबै शोका अडिसनहरू सम्पन्न भइसकेका छन् ।

    फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको सो अन्तरक्रियात्मक कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई विश्वका विभिन्न स्थानमा भएका अडिसनहरूमा संसारका ६० भन्दा बढी देशमा बसोबास गर्ने नेपाली जातिका प्रतिभाहरूले सहभागिता जनाएको जानकारी दिएका थिए। संसारभरका विभिन्न देशहरूबाट आउनेसमेत १२० जना गायनमा र १२० जना नृत्यका प्रतिभाहरूले टेलिभिजनमा प्रदर्शन हुने प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

    दुबै शोका विजेताहरूले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिष्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

    Post Views: 224
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १६:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.