बलिउड । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन पछिल्लो समय फिल्म ‘पुष्पा’ का कारण चर्चामा छन् । उनले फिल्ममा बोलेको ‘झुकेगा नही’ संवाद निकै लोकप्रिय भयो । फिल्मको संवाद झैँ उनी पारिश्रमिकको मामिलामा झुकेनन् । फलस्वरूप उनी भारतकै महङ्गा अभिनेता बनेका छन् । ‘पुष्पा २’ फिल्मले बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ ।
अहिले अर्जुन नयाँ फिल्मलाई लिएर चर्चामा छन्। फिल्मको नाम हाललाई ‘ए ६’ राखिएको बताइएको छ । यो फिल्मबाट अल्लु अर्जुनले ठूलो रकम लियएको बतायएको छ । यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् ।
भारतिय सञ्चार माध्यमहरुका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि एकसय ७५ करोड भारु लिएका छन् । यसफिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् । उनले फिल्मको नाफामा १५ प्रतिशत हिस्सा पनि पाएका छन् । अल्लु अर्जुनको यो फिल्मलाई सन पिक्चर्सले निर्माण गरिरहेको छ । यो आगामी दुई महिना भित्र घोषणा हुन सक्नेछ ।