• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

‘सर्माइ भागेर’ मा जोडी पुष्प र सहारा

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १५:४६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एकपटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।

    निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए । उनले भने, ‘म प्रवासमा रहे पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन। हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं । सोही क्रममा साथी भुवनले गीत सुनाएपछि यसलाई नेपाल आएर भिडिओ बनाएर सार्वजनिक गर्ने सल्लाह भएको थियो। आज सोही अनुसार हामीले गीत र भिडिओ सार्वजनिक गरेका छौं ।’

    उनले गीत निकै कर्णप्रिय रहेको भन्दै भिडिओ पनि सक्दो मेहनत गरेर तयार गरेको बताए । कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।

    उनले भने, ‘फिरोज र सहारालाई मैले दर्पण छायाँमा नै भेटेको हो। सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ। अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिन सम्झिएँ। गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौं, जस्तो लागेको छ।’

    आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए। अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन्।

    उनले भनिन्, ‘पहिलो फिल्मदेखि अहिलेसम्म पनि पुष्पसँग काम गर्दा कम्फर्ट फिल हुन्छ। उ अहिले पनि उस्तै लगनशील छ । उसको मेहनतले म जस्तो कलाकारलाई काम गर्ने उर्जा मिल्छ। यो गीत मैले भुवनजीमार्फत सुनेकी थिएँ । मलाइ मनपरेको हो, अहिले काम गर्न पाउँदा खुसी लागेको छ ।’

    अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडिओ र चलचित्रमार्फत निरन्तरता दिने बताइन । भिडिओमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङग संयोजन, ज्योति केसीले शृंगार गरेका छन् ।

    गीत सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक नवल नेपाल, गायक सनुप पौडेल, र्‍यपार हाकिम गुरुङ, प्रोजेक्ट हेद कुवेर डंगोल लगायत उपस्थित थिए ।

    Post Views: 84
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.