• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सर्माइ भागेर’ मा जोडी पुष्प र सहारा

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १५:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एकपटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।

    निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए । उनले भने, ‘म प्रवासमा रहे पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन। हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं । सोही क्रममा साथी भुवनले गीत सुनाएपछि यसलाई नेपाल आएर भिडिओ बनाएर सार्वजनिक गर्ने सल्लाह भएको थियो। आज सोही अनुसार हामीले गीत र भिडिओ सार्वजनिक गरेका छौं ।’

    उनले गीत निकै कर्णप्रिय रहेको भन्दै भिडिओ पनि सक्दो मेहनत गरेर तयार गरेको बताए । कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।

    उनले भने, ‘फिरोज र सहारालाई मैले दर्पण छायाँमा नै भेटेको हो। सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ। अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिन सम्झिएँ। गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौं, जस्तो लागेको छ।’

    आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए। अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन्।

    उनले भनिन्, ‘पहिलो फिल्मदेखि अहिलेसम्म पनि पुष्पसँग काम गर्दा कम्फर्ट फिल हुन्छ। उ अहिले पनि उस्तै लगनशील छ । उसको मेहनतले म जस्तो कलाकारलाई काम गर्ने उर्जा मिल्छ। यो गीत मैले भुवनजीमार्फत सुनेकी थिएँ । मलाइ मनपरेको हो, अहिले काम गर्न पाउँदा खुसी लागेको छ ।’

    अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडिओ र चलचित्रमार्फत निरन्तरता दिने बताइन । भिडिओमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङग संयोजन, ज्योति केसीले शृंगार गरेका छन् ।

    गीत सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक नवल नेपाल, गायक सनुप पौडेल, र्‍यपार हाकिम गुरुङ, प्रोजेक्ट हेद कुवेर डंगोल लगायत उपस्थित थिए ।

    Post Views: 279
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १५:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.