• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

हमालको गर्जन :‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ’ ?

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १५:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलिउड । अभिनेता राजेश हमाल आफ्नो डायलगका कारण चर्चामा हुन्छन् । उनले बोलेका डायलगलाई प्राय दर्शकले दोहोर्याएर बोल्ने गरेका छन् । तर, केही समय यता उनी हमाल पर्दामा देखिएका छैनन् । मेला, महोत्सव र टेलिभिजन विज्ञापनमा रमाईरहेका हमाल झन्डै आठ वर्षपछि ठूलो पर्दामा देखिदैछन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहाः अवतार’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुँदैछ ।

    उनले फिल्ममा ‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ या साच्चिकै पागल’ लगायतका संवाद बोलेका छन् । जसलाई दर्शकले रुचाउने अपेक्षा निर्माण पक्षको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरुको पनि डबिङ सकिएको बताए ।

    डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने । फिल्ममा हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

    राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ । दिवाकर भट्टराइकै लेखन रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी छ ।

    Post Views: 319
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १५:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.