• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Dinesh Dc Bipin Karki saugat malla Rajesh Hamal Miruna Magar Film Development Board Nepal Kala Saili Gallery

हमालको गर्जन :‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ’ ?

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १५:३१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलिउड । अभिनेता राजेश हमाल आफ्नो डायलगका कारण चर्चामा हुन्छन् । उनले बोलेका डायलगलाई प्राय दर्शकले दोहोर्याएर बोल्ने गरेका छन् । तर, केही समय यता उनी हमाल पर्दामा देखिएका छैनन् । मेला, महोत्सव र टेलिभिजन विज्ञापनमा रमाईरहेका हमाल झन्डै आठ वर्षपछि ठूलो पर्दामा देखिदैछन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहाः अवतार’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुँदैछ ।

    उनले फिल्ममा ‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ या साच्चिकै पागल’ लगायतका संवाद बोलेका छन् । जसलाई दर्शकले रुचाउने अपेक्षा निर्माण पक्षको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरुको पनि डबिङ सकिएको बताए ।

    डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने । फिल्ममा हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

    राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ । दिवाकर भट्टराइकै लेखन रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी छ ।

    Post Views: 122
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १५:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’
    नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)
    नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने
    Advertisement
    ताजा अपडेट
    • १. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • २. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ३. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    • ४. टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.