• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

स्वार्थ बाझिएपछि अस्कर छनोट समितिको निर्णय विवादित

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन ४, शनिबार १५:३७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अमेरिकामा आयोजना हुने ९८औँ ‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व गर्न फिल्म ‘अञ्जिला’ पठाउने निर्णय विवादमा परेको छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा यो फिल्मलाई सिफारिस गरेको खबर बाहिरिएसँगै निर्णयले विवाद निम्त्याएको छ ।

    अस्करमा प्रतिस्पर्धाका लागि दुई नेपाली कथानक फिल्म ‘अञ्जिला’ सँगै ‘गुन्यु चोलो – द ड्रेस’ सहभागी थियो । आफ्नो फिल्मले नेपाललाई प्रतिनिधित्व गर्न नपाउने भएपछि निर्देशक समुन्द्र भट्टले विरोध जनाएकी छिन् । निर्देशक भट्टसहित फिल्म ‘गुन्युचोलो’ निर्माण पक्षले कडा असन्तुष्टि व्यक्त गर्दै निर्णय खारेजीको माग गरेका छन् ।

    निर्माता कम्पनी स्काइ ओसन इन्टरटेनमेन्ट प्रालिले आइतबारसम्म निर्णय नसच्यिए अमेरिकास्थित अस्कर मुख्यालयमा उजुरी गर्ने चेतावनी दिएको छ । साथै, समितिको विघटनको माग पनि राखिएको छ । एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक भट्टले समितिको कार्यविधिमा गम्भीर कमजोरी रहेको आरोप लगाइन् ।

    उनले नेपालस्थित अस्करका लागि फिल्म छनोट गर्ने समितिका एक सदस्य अमेरिकामा रहेको र एक सदस्यको स्वार्थ बाझिएको बताएकी छिन् । उनले पत्रकार जीवन पराजुली आफैँ फिल्म ‘अञ्जिला’ को मिडिया संयोजक रहेकाले उनले दिएको निर्णयमा स्वार्थ बाझिएको आरोप लगाएकी छिन् । यो विवादमा यस वर्ष नै रिलिज भएका नेपाली फिल्म ‘राजागञ्ज’ का निर्देशक दीपक रौनियार र ‘भूठान’ का निर्देशक विनोद पौडेलले पनि समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले छनोट समितिले फिल्म सहभागी गराउने सूचना र समय पर्याप्त नभएको आरोप लगाएका छन् । समितिको आधिकारिक लेटरप्याडअनुसार सदस्यहरूमा मञ्जुकुमार श्रेष्ठ, लोकेन्द्र पराजुली, गौतम धिमाल, जीवनकुमार पराजुली र चिरञ्जीवी गुरागाइँ छन् ।

    स्वार्थ बाझिएपछि समस्या

    त्यसो त निर्णय सम्बन्धी अन्तिम अधिकार निर्णायक समिति मै हुन्छ । उनीहरूले दिने अंकका आधारमा फिल्म छनोट हुने गर्छ । यद्यपि, नेपालमा प्रतिनिधित्व गर्ने फिल्म लगभग अनुमान लगाइएको हुन्छ । यस वर्ष प्रदर्शन भएका ‘राजगंज’, ‘भूठान’ र ‘जार’ जस्ता फिल्मले पर्याप्त सुचना नपाएका कारण प्रस्तिस्पर्धामा सहभागी हुन् पाएनन् । उनीहरूले नेपाललाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको थियो ।

    छनोट समितिले निश्चित शुल्क लिएर फिल्म दर्ताका लागि आह्वान गर्छ । त्यसको समय २० देखि ३० दिनसम्म हुनेगरेको छ । दर्ता आह्वान गर्न सूचना कसरी जारी गर्ने भन्ने विषय खुलेको छैन । मापदण्डमा सदस्यहरू स्वतन्त्र हुनुपर्ने र आवेदन दिएको फिल्मसँग प्रत्यक्ष स्वार्थ नबाझिने स्पष्ट उल्लेख छ । तर, फिल्म ‘अञ्जिला’ को मिडिया संयोजक नै छनोट समितिमा मताधिकार भएका सदस्य भएपछि विवाद चर्किएको हो । यो विवादले नेपाली फिल्म क्षेत्रमा पारदर्शिताको बहस चर्काएको छ ।

    Post Views: 286
    प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार १५:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.