• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

निर्देशक पौडेल र अभिनेता बरालले ‘पूर्णबहादुरको सारङ्गी’ को साख जोगाउन सकेनन्

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १८, बुधबार १३:०० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विभिन्न रेकर्ड बनाएको छ । यो फिल्म सर्वकालीन सफलको सूचीमा नम्बर एकमा छ । यसकारण पनि यससँग जोडीएका फिल्मकर्मीलाई लाभ हुन्छ भने अपेक्षा थियो । यो फिल्मबाट अभिनेता विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले एकाएक चर्चामा आए । मुलत उक्त फिल्म बन्नुमा यी तीन व्यक्ति नै महत्वपूर्ण थिएँ ।

    तर, सर्वकालीन सफल फिल्मका निर्देशक पौडेल र अभिनेता बराललाई भने दर्शकले पत्याएनन् । किनकि उनीहरूको फिल्म बक्सअफिसमा सफल हुन् सकेन । अभिनेता बरालको मुख्य भूमिका रहेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते प्रदर्शन भयो । फिल्म अभिनेता बरालकै काँधमा थियो । उनलाई केकी अधिकारी, मिरुना मगर जस्ता कलाकारको साथ थियो ।

    निर्देशक हिमाल न्यौपानेको डेब्यु फिल्मलाई दर्शक रुवाउने भनेर प्रचार पनि गरियो । तर, दर्शकले पत्याएनन् । फलत: फिल्मले प्रदर्शनको १२ औँ दिनसम्म आइपुग्दा मात्र एक करोड १० लाखको ग्रस कलेक्सन गर्नसकेको छ । यो निकै न्यून हो । तीज लक्षित विदामा प्रदर्शन भएता पनि दर्शकको आकर्षण देखिएन् । निर्देशक न्यौपाने डेब्यु फिल्ममै असफल निर्देशकको रुपमा परिचित भए ।

    ‘पूर्णबहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ प्रदर्शन भइरहेको छ । एकाध शो बाहेक दर्शक फिल्ममा छैनन् । गत वर्ष ऐतिहासिक सफलता हात पारेका निर्देशक पौडेल यसपटक दर्शकको विश्वास आर्जन गर्न असफल भएका छन् । फिल्मले हालसम्म एक करोड ग्रस कलेक्सन गर्न सकेको छैन ।

    ‘पूर्णबहादुरको सारङ्गी’ पछि पौडेलले निर्देशन गरेको फिल्म भनेर धेरै प्रचार भयो । तर, त्यो प्रचारको असर दर्शकसम्म परेन । निर्देशक पौडेलकै लेखन तथा निर्देशनमा रहेको फिल्मबाट धेरै अपेक्षा हुनु स्वाभाविक हो । तर, यो पनि घरेलु बजारमा मात्र नभई डायस्पोरामा पनि असफल भयो । सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाह, आर्यन सिग्देल लगायतका कलाकारलाई लिएर निर्देशक पौडेलले दर्शकको मन जित्न सकेनन् ।

    साथै, यसमा निर्माता तथा डायस्पोरा वितरक प्याट्रिक सुवेदी पनि जोडिएका छन् । उनको मार्गदर्शनमा निर्माण भएको फिल्म डायस्पोरामा ‘जारी २’ को स्टारडममा प्रदर्शन हुँदैछ । अर्थात् उनले ‘जारी २’ र ‘कोशेढुङ्गा’ सहित अन्त केही फिल्मको एकसाथ प्रदर्शन अधिकार विक्री गरे । तर, डायस्पोरा प्रदर्शनको सुखद खबर अझै आउन सकेको छैन । अब आगामी दिनमा नयाँ फिल्म थपिने भएकाले ‘कोशेढुङ्गा’ डायस्पोरामा पनि सफल हुने सम्भावना न्यून छ ।

    भदौ पहिलो साता प्रदर्शन भएको ‘ताराहरू’ पनि असफलकै सूचीमा परेको छ भने ‘माग्ने राजा’ ले ४ करोड ९ लाख रुपैयाँको ग्रस कलेक्सन गर्दै घरेलुबजारबाट लगानी उठाउने सम्भावना देखाएको छ ।

    Post Views: 250
    प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार १३:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.