कलाशैली संवाददाता । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ युट्युबमा सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द र आशिष अविरल तथा मेलिना राईको स्वरमा सजिएको यो गीतमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।
फिल्ममा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्मको छायांकन कृष्ण थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काको छ ।





