• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ४, शनिबार ११:०० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+
    कलाशैली संवाददाता ।भारतीय अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन्। दुबईबाट आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे।
    पहिलोपटक नेपाल आएकी फतेहीले नेपाली प्रशंसकको माया र आफ्ना गीतमा बनाइएका भिडियोको प्रशंसा गर्दै खुसी व्यक्त गरिन्।
    आज साँझ बौद्धमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो चर्चित गीत ‘स्नेक’सहित प्रस्तुति दिनेछिन्। ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजित यो कार्यक्रममा नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले पनि प्रस्तुति दिनेछन्।
    आइतबार बिहान फतेहीले काठमाडौंका सांस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने र अपराह्न दुबई फर्कने इभेन्ट म्यानेजर मनीष कार्कीले बताए। उनका २३ सदस्यीय टोली शुक्रबार नै काठमाडौं आइसकेको छ।
    आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अनुसार खल्ती र आइएमई पेबाट टिकट बिक्री भइरहेको छ।
    तस्विरहरु : कुबेर डंगोल ⁄ कलाशैली
    Post Views: 515
    • Nora fatehi
    • Nora Fatehi Live In Nepal
    प्रकाशित मिति: २०८२ जेष्ठ ४, शनिबार ११:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.