• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरू

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १४:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । शुक्रबार साँझदेखि बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ । लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको भन्दै तारिफ गरे ।

    ‘यहाँ प्रदर्शनीमा रहेका चित्रकलाले हामीलाई पन्च तत्वको महत्वलाई अझैँ नजिकबाट बुझ्न मदत गरेको छ । मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु । म उहाँहरूको कलालाई निरन्तरता दिन र आगामी दिनमा अझैँ उत्कृष्ट काम गर्न शुभकामना दिन्छु’, उनले भने ।

    आगामी असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटिएको क्युरेटर मिशेल लामाले जानकारी दिईन् ।

    प्रदर्शनीमा मिथिला चित्रकलालाई प्रस्तुत गरेकी कलाकार रश्मी कर्णले महिलालाई केन्द्रमा राखेर गरिएको प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकहरूलाई प्रकृति प्रति साझा उत्तरदायित्व बारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

    ‘कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन प्रस्तुत गरेको छ । यो विशेषत नयाँ पुस्ताका लागि उत्तिकै फलदायी र प्रभावकारी छ । हामीले मिथिला चित्रकलालाई दिईएको विषयसँग जोडेर प्रस्तुत गरेका छौँ’, उनले भनिन् ।

    प्रदर्शनीको पहिलो दिन लिच्छवि हाउसद्वारा तयार गरिएको चर्या नृत्य प्रस्तुत गर्दै प्रदर्शनीको सुरुआत गरिएको थियो । पहिलो दिन कलाकार रवीन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराईले कला अवलोकन गरेपछि त्यसको ज्ञानको प्रभाव कलाकारितामा पर्ने विश्वास व्यक्त गरे ।

    आगामी असार २८ गतेसम्म दैनिक विहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् ।

    Post Views: 316
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १४:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.