• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नेवार भाषामा नाटक ‘मिसामी’ मञ्चन

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १३, सोमबार २३:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत शनिवार काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।

    न्यूयोर्क विश्वविद्यालय आबु धाबीमा सन्दर्भ सामाग्रीको रुपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई न्यूयोर्क विश्वविद्यालय आबु धाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियान अन्र्तगत दस्तावेजीकरणका लागि नाटक मञ्चन भएको हो ।

    नाटक हेर्न सो विश्वविद्यालय आबु धाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरु नेपाल आएका थिए । उनीहरुले नाटक निर्माणको प्रक्रिया समेत अध्ययन–अवलोकन गरेका थिए । करिब ३० वर्ष अघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीहरुको समूह नेपाल आएका हुन् ।

    नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालिन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ । वि.सं. २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दशैंको खड्गजात्राको दिन मञ्चन भएको थियो । हाल न्यूयोर्क विश्वविद्यनालयका लागि न्यूज नेपाल प्रा.लि.ले ‘मिसामी’लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो ।

    दोलखा र काठमाडौंका कलाकारहरुको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा कलाकारहरु सुशिला लक्ष्मी महर्जन, सुलोचना चाकुबजी मानन्धर र अमिर ताम्रकार थिए । साथै अन्य भूमिकामा सुजना श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकुबजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठले अभिनय गरेका थिए । निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रुपमा दिप नारायण श्रेष्ठले सघाएका थिए ।

    नाटक मञ्चनसँगै नेपालका प्रख्यात कलाकार तथा निर्देशक नीर शाह, प्रा.डा. क्यारोल जेनेट्टी, दोलखा भाषा संरक्षण अभियानका हरिदर्शन श्रेष्ठ तथा लेखक डा. श्याम जोशीले नेपाली व्यवसायिक रङ्गमञ्चमा दोलखा नेवार भाषामा नाटक मञ्चन हुनु ऐतिहासिक रहेको उल्लेख गरेका छन् ।

    Post Views: 294
    • Kala Saili
    • Kala Saili News
    • Misami
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, सोमबार २३:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.