बलिउड । शाहरुख खान आज भारतका ठूला कलाकार बनिसकेका छन् । उनलाई अहिले आफ्नो फिल्ममा लिने निर्माता तथा निर्देशकको कुनै कमि छैन । बलिउडकर्मीसमेत शाहरुखसँगको भेट विशेष हुने भन्दै अन्तर्वार्ता दिने गरेका छन् । तर, यिनै शाहरुख दिल्लीबाट मुम्बई आउँदा एक्ला थिए, घर फर्किने पैसा थिएन र बलिउडसँग सम्पर्क थिएन । उनको बलिउड यात्रा थियटर र सिरियल हुँदै सुरू भएको थियो ।
‘फौजी’ नामक टिभी सिरियलमार्फत परिचित भएका हुन् । ब्यारी जोनको थियटर प्लेमा गरेका शाहरुख करण कपूरको सिरियल ‘फौजी’ मा काम गरेपछि बलिउडकर्मीको आँखामा परेका थिए । ‘थियटरको प्लेपपछि करण सरको सिरियलमा काम गर्ने अवसर मिल्यो । उनको छोराले गर्ने भनिएको रोल नगरेपछि मलाइ अवसर मिलेको हो’ शाहरुखले पुराना दिन स्मरण गर्दै एक अन्तर्वार्तामा भने ।
टिभी सिरियल हिट भएसँगै शाहरुख चिनिन् थाले तर उनलाई अभिनयको सौख थिएन । उनि एड फिल्म बनाउन चाहन्थे । त्यो समयमा ह्यारी बाबेजा र हेमा मालिनीको फोन आएता पनि उनि काम गर्न गएका थिएनन् । किनकि उनि दिल्लीमा थिए र काम मुम्बईमा थियो । त्यसको ३/४ महिनापछि उनको आमाको देहान्त भयो । त्यसपछि उनले आफ्नो एक्लोपनलाई कामबाट भुलाउन थाले ।
आमा नरहेपछि उनि ‘वाग्ले कि दुनिया’ नामक सिरियलमा काम गर्न मुम्बई पुगे । उनि एक वर्षको लागि मुम्बई पुगेका थिए र त्यहाँ पुग्दा उनिसँग फर्किने पैसा पनि थिएन । उनि सिरियल कम्पनिकै अफिसमा बस्थे । एकदिन अचानक उनलाई भेट्न विवेक वास्वानी आए । उनले जीपी शिपीको फिल्म छ, काम गर भने ।
‘त्यो बेला मैले म टिभी मै ठिक छु भनेको थिए । तर, भोलि पल्ट म बसेकै अफिसमा आएर विवेकजीले मलाइ शिपी सरको अफिसमा लगे’, शाहरुखले भने । त्यो दिन उनले ५ फिल्म साइन गरेका थिए । उनले हेमा मालिनीलाई भेटे, राकेश रोशनको ‘किङ अंकल’, हेमाकै सिफारिसमा ‘दिवाना’ सहित एकै दिनमा ५ फिल्ममा अनुबन्धित भएका थिए ।